काठमाडौं- २ सय ५९ दिनपछि प्रधानमन्त्रीबाट बिदा हुँदै गर्दा केपी शर्मा ओलीले बालुवाटारमा पीपलको बिरुवा रोपेका छन्। बालुवाटार छाड्नुअघि उनले आफ्नो टिम र कर्मचारीसँग सामूहिक फोटोसेसनसमेत गरे। बालुवाटारबाट संसद् भवन नयाँ बानेश्वर पुगेका ओली त्यतैबाट बालकोटस्थित निवास गएका थिए। स्वतन्त्र युवा अभियानले उनको समर्थनमा संविधानसभा भवनदेखि निवास बालकोटसम्मै जुलुस प्रदर्शन गरेको थियो।



