नेपालका शिरीष गुरुङले रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान


olyनेपालका शिरीष गुरुङले रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्। उनले सय मिटर फ्रिस्टाइलको हिट्समा ५७ दशमलव ७६ सेकेन्डको समय निकाले। जुन गत वर्ष रुसको कजानमा भएको १६ औं विश्व पौडी प्रतियोगितामा उनले यही स्पर्धामा बनाएको राष्ट्रिय कीर्तिमानभन्दा शून्य दशमलव ४६ सेकेन्डले सुधारिएको प्रदर्शन हो।
शिरिषले कजानमा ५८ दशमलव २२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए। यही प्रदर्शनको आधारमा उनी रियो ओलम्पिकका लागि छनोट भएका थिए। मंगलबार राती ९ बजेर ५० मिनेटमा भएको खेलमा शिरिषले आफ्नै कीर्तिमानमा सुधार गरेका हुन्। ‘उनको प्रदर्शनबाट खुसी छु,’ पौडी प्रशिक्षक इश्वर कार्कीले रियोस्थित एक्वाटिक्स पौडी पोखरीबाट सेतोपाटीलाई भने।
रियोका लागि नेपालबाट उड्नुअघि नै शिरिषले आफ्नो लक्ष्य राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने बताएका थिए। यद्यपि, उनले राष्ट्रिय कीर्तिमानमा सुधार गरे। तर, हिट्सभन्दा माथि उक्लिन सकेनन्। उनको समूहमा पौडिएका ८ खेलाडीमा उनी आठौं स्थानमा रहे।

यसमा तपाइको मत