भारतको चारदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री दाहाल आज स्वदेश र्फकदै


prachanda-and-modi-meet-2असोज, काठमाडौं । भारतको चारदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री दाहाल आज स्वदेश र्फकदै  छन् ।

भारतीय योग गुरु रामदेवको पतन्जली योग पीठको भ्रमण सकेर प्रधानमन्त्री आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री योगपिठको भ्रमण पछि सिधै इन्धिरागान्धि अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ँगार्ड अफ अनर’ प्रदान गरेको थियो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपतिप्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह, गृहमनत्री राजनाथ सिंह, परराष्ट्रमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा भारतसँग हुलाकी राजमार्ग तथा भूकम्पपछिको पुननिर्माणमा भारतीय अनुदानको सहयोगलगायत तीन बुँदे सम्झौता भएको थियो । साथै २५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।

यसमा तपाइको मत