नेपालका लागि भारतीय राजदुत रञ्जीत रेले पछिल्लो समय नेपाल र भारत दुवैको तर्पmबाट भएका उच्चस्तरीय द्धिपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास व्यक्त गर्नुभएको छ ।

बुधबार काठमाडौं साक्षात्कारमा राजदूत रेले पछिल्लो समय द्धिपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको स्पष्ट पार्नुभयो । उहाँले उनले पछिल्ला उच्चस्तरीय भ्रमणले द्धिपक्षीय सम्बन्धलाई नयाँ उचाई प्रदान गर्नको लागि उच्चस्तरीय राजनीतिक समझदारी बनेको बताउनुभयो ।
तिहारको भाईटीका लगत्तै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुने बताउदै यी सबै उच्चस्तरीय भ्रमणले दुवै देशमा शान्ति, स्थायित्व र विकासमा टेवा पुर्याउँने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।



