नेपाली सेनाको बालाजु ब्यारेक, नं १ बाहिनीको ढोकैमा कसले राखिदियो बम ?


1670129327सुल्झिएन, नेपाली सेनाको बालाजु ब्यारेक, नं १ बाहिनीको ढोकैमा कसले राखिदियो बम ? कतै यो नेपाली सेनालाई खबरदारी त होइन आतंकवादीहरुको ?

यस मामिलामा नेपाली सेनाले गरेको अनुसन्धान र नेपाल प्रहरीको छानबिनले कुनै टुंगो पाउन सकेको छैन । हप्ता दिनमा पनि बालाजु बजारको व्यस्त स्थान, नेपाली सेनाको ब्यारेकको ढोकैमा बम राख्नेको पत्तो लगाउन नसकिनु खतराको आहट हुनसक्छ ।
सुरक्षाकर्मीले जतिसुकै लुकाए पनि त्यो शंकास्पद बस्तु ह्याण्ड ग्रिनेड भएको स्रोतहरुले दावी गरेको छ ।

केही वर्ष अघि बालाजु क्षेत्रबाट रकेट लन्चर नै फेला पारिएको थियो । बालाजु क्षेत्रमा कतै बिद्रोही मनसुवाले हतियारको भण्डारण त गरिएको छैन ? कता पुग्यो छानबिन ? प्रधान सेनापति राजेन्द्र क्षेत्री ज्यू ।

यसमा तपाइको मत