असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर २ गते गर्ने गरी राष्ट्रिय भेलाको मिति सारेको छ ।
शुक्रबार अपरान्ह लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले कार्तिक १० र ११ गते गर्ने भनिएको राष्ट्रिय भेला मंसीर २ गतेका लागि सारेको हो । माओवादी केन्द्रले जम्बो केन्द्रीय समितिको बैठक सारेको यो दोस्रोपटक हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएलगत्तै सरकारका काम कारवाहीमा ध्यान दिनुपर्ने भन्दै राष्ट्रिय भेलाको मिति सारिएको माओवादीले जनाएको छ ।
शुक्रबारको बैठकपछि माओवादी केन्ऽकी प्रवक्ता पम्फा भुसालले मधेसी, थारु, जनजाति लगायतसँग छलफल र वार्ता गर्नुपर्ने भएकाले राष्ट्रिय भेलाको मिति सार्नु परेको जानकारी दिइन् ।
शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले शनिबारदेखि हुने गोवा भ्रमणबारे नेताहरुलाई बि्रफिङ गरेका थिए । प्रधानमन्त्रीले बैठकमा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँगको भेटघाटकोे कार्यक्रम रहेको जानकारी गराएको प्रवक्ता भुसालले बताइन्



