विजय लामा ज्यू,
यो कामको समन्वय हरजुरले गरिदिनुहोस हामी जुटाउछौ प्लेन किन्ने रकम । समन्धित निकाय संग कुरा गरेर कत्ति पर्छ एउटा वाइड बडी प्लेनको, मुल्य उल्लेख गरेर नेपाल एरलाइनको नाममा छुट्टै बैंक खाता खोलि दिनुहोस । अनि युएर्इमा काम गर्ने हामी नेपाली उक्त खातामा पचास डलरदेखि माथि कति सकिन्छ जम्मा गर्नेछौ । अनि हामीले बैंकमा जम्मा गरेको रसिद अनुसारको रकमको शेयर प्रमाणपत्र जारी हुने नियम बनाउन लगाउनुहोस । बिना झन्झट चाहिए जति रकम जम्मा हुनेछ । यसमा हजुरको धेरै टाइम पनि खर्च हुँदैन । मलाइ लाग्छ दस हजार डलरसम्म जम्मा गर्ने नेपालीहरु निस्किने छन् । एक हजार डलर बराबर लगभग एकलाख नेपाली रुपैया हुन्छ । सके हाम्रो लगानीले हामीलाई पनि फाइदा दिन्छ , एदी हामीलाई फाइदा भएन भने पनि देशलाई त पक्कै फाइदा पुग्छ ।
यसरी प्लेन किन्दा कसैलाई साँवा पनि तिर्नु पर्दैन र ब्याज पनि तिर्नु पर्दैन । खर्च कटाएर बचेको नाफा अनुसार शेयरको भाउ बडाई दिए पुग्छ । शेर दातालाई कत्ति प्रतिसत फाइदा दिने अनि नेपाल एरलाइन्सले कति प्रतिशत फाइदा लिने भन्ने कुरा विज्ञकाे सुझाबका आधारमा तय गर्दा हुन्छ । मलाइ लाग्छ, छ सात वर्षमा लगानी उठ्नेछ । अहिले युएइ मा रहेका हाम्रा करिब पाँचपाँच लाख नेपालीहरु बोकेर बिदेशी एरलाइन्सले बर्सेनि अरबौ कमाइरहेका छन । यदि गतिलो नेपाली प्लेन हुने हो भने हामी नेपाली प्लेन नै चढ्ने थियौ । चर्को सुल्क तिरेर बिदेशी प्लेन चडन बाध्य लाखौ नेपालीहरुलाइ ठुलो राहत मिल्ने थियो ।
तर नयाँ प्लेन किन्दा भने अडर गरेको तिन चार बर्ष पछि मात्र पाहिन्छ । धेरै प्लेन भएर चलाउन नसकेर घाटामा गएका कयौ एरलाइन्सहरु छन् । तिनीहरुसँग बेच्न्न मिल्ने थुप्रै नयाँ प्लेनहरु होलान । त्यशै मध्येबाट एउटा प्लेन छानेर किन्दा हुन्छ । नेपाल एरलाइन्सको लोगो राखेर पछि पेन्ट गराउँदा पनि हुन्छ । तर कमिसान र भस्टाचार नहोस । कारोबार पारदर्शी र विस्वासिलो होस् । प्लेन किन्ने प्रोसेश हुँदै गर्दा ३ महिना जतिमा त रकम पनि जम्मा भइ सक्छ । यो तरिकाले प्लेन किन्न सत प्रतिशत सम्भब छ । साउदी , कतार र मलेसिया बस्ने नेपालीहरुले पनि यशै गरेर प्लेन किनेर आफुले प्रयोग गर्न पाउने गरी चलाउने बाताबरण बन्नेछ । हामीलाई आशा छ क्याप्टेन विजय लामाले यो कामको नेतृत्व लिनु हुनेछ ।
तर, के गर्ने ताप्के नताती बिड मात्र तातेर काम रहेनछ । समन्धित निकाएले यो योजना ल्याए त् मज्जाले रकम उठाउन सकिन्थ्यो । हामी युएइ बसी नेपालीहरु रकम उठाउन अभियान नै चलाउने थियौ । बिडम्बना यस्ता कुरा कशैलाई मतलब नै छैन । जिम्मेबार हाकिमहरु यो त् राम्रो कुरा हो भन्छन अनि २ दिन पछि बिर्सीदिन्छन । अफिश आयो, आफु भन्दा तल्लो स्तरको कर्मचारीलाई थर्कायो । अनि दिनभरि अफिसको फोनमा श्रीमती, साथी र आफन्तसँग कुरा गर्यो । आफ्नो ब्यापार व्यवशाय के छ त्यसलाई अराउ पराउ गर्यो, आफ्नो बिजनेसको चाँजोपाँजो मिलायो । अनि बाँकी समय मिटिंङ सेमिनार, र विदेश भ्रमणमा बितायो । योजना केही छ भने कमिसन दिने पार्टीसँग कुरा गर्यो । एकछिन इमोसनल भासन गर्यो । साच्चिकै इमान्दार र क्षेमता वान मान्छे रहेछ भन्ने बिस्वाश दिलायो । अनि पदमा टिकी रहन कुनै राजनीतिक दलको चाप्लुसी गर्यो । जनताको कुनै काम गरिदिनु छ भने मिलेसम्म घुस पनि लियो । यता होइन उता जानुहोस, आज हाकिम साब हुनुहुन्न भोलि आउनुहोस । अलिकति चिया खर्च त दिनुहोस । तपाईंको डकुमेन्टमा यो पनि मिलेन त्यो पनि भएन । यस्तो चाहिन्छ खै त् ? यस्तै यस्तै सब्द सुन्न पाहिन्छ सरखारी कार्यलयहरुमा । नेपालको कर्मचारीत्रन्त्रका बिशेषताहरु यिनै हुन् ।
कसरी र कस्तो नयाँ टेक्नोलोजी भित्र्याएर संस्थालाई आधुनिकीकरण गर्ने ? कसरी प्रसासन सुधार गर्ने ? के गर्दा कम्पनि माथि जान्छ ? सम्भाबना र चुनौतीहरु के के हुन् ? आदि कुरामा कहिले ध्यान जाँदैन । अनि कसरी हुन्छ सरकारी संस्थाको उन्नत्ति र प्रगति ? अनि कसरि सृजना हुन्छ रोजगारी ? भिजन नभएका अयोग्य नेता र कर्मचारीहरु मात्र धेरै भए पछि देश कसरीअगाडि बढ्छ ?
मैले चार वर्षदेखि सबैको आँखा पर्ने एरपोर्टको कन्ट्रोल टावोर पेन्ट गर्नु पर्यो भनेर आवाज उठाउँदै आएको छु , महाप्रबन्धक ज्युलाइ निबेदन समेत दिए तर कतै बाट सुनुवाई भएन । कुनै पनि काम गर्न सजिलोले त् हुदैन, तर यो काम सुरु गर्दा कुनै रिस्क छैन । गरेमा नहुने के र रु इन्केस गर्न सकियन भने पनि पैशा फिर्ता गरिदिदा हुन्छ, तर त्यस्तो सम्भाबना देखिदैन । हामी देशबासीहरु मिलेर गरेमा यस्ता सम्भावनाहरु हरेक क्षेत्रमा छन् । औद्योगिक क्षेत्रमा पनि यसरी नै लगानी गरौ, अनि हामीले पठाएको अरबौ रेमिट्यान्स अत्यावश्यक सामान आएत गर्दा बिदेशिनबाट रोकिनेछ । यसाे गर्दा बजारमा पैसाको अभाब हुने छैन र देश चाडै धनी हुनेछ । त्यतातिर पनि सबैको ध्यान जानुपर्छ । अनि मात्र सान्त, सुखी र आधुनिक नेपाल बन्नेछ । mbpandit@gmail.com



