अख्तियारकाे छानविनमा परेका दीप बस्न्यात अख्तियारकै प्रमुख भए


3875_dep-basnetकार्तिक । व्यवस्थापिका संसदमा महाअभियाेग प्रस्ताव दर्तासँगै लाेकमानसिंह कार्की निलम्बनमा परेपछि अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगकाे प्रमुखकाे जिम्मेबारी दीप बस्न्यातले पाएका छन् । संयाेग त याे छ कि अहिले प्रमुखकाे जिम्मेवारी पाएका बस्न्यात पनि सरकारी सेवामा रहँदा अख्तियारकै छानविनमा परेका व्यक्ति हुन् ।

 

गएराती संसद सचिवालयले कार्कीलार्इ निलम्बन गरेकाे पत्र राष्ट्र प्रमुख, सरकार प्रमुख, अायाेगसँगै अरु सम्बन्धित निकायलार्इ दिएकाे थियाे । त्यसकाे केहीबेरमै दीप बस्न्यातलार्इ अख्तियारकाे प्रमुखकाे जिम्मेवारी दिइएकाे बताइएकाे छ ।

 

बस्न्यातले विहीबारदेखिनै अख्तियार प्रमुखको जिम्मेवारी सम्हालेर काम सुरु गरिसकेका छन् । बस्न्यात यसअघि पनि अख्तियारकै अायुक्त रहेका थिए । उनलार्इ अहिले कार्यवाहक प्रमुखकाे जिम्मेवारी दिइएकाे हाे ।

 

अायाेगका प्रवक्ता गणेश कार्कीले कार्कीकाे निलम्बन भएपछि आयुक्त बस्न्यात कार्यवाहक प्रमुख भएकाे र बस्न्यातले काम सुरु गरिसकेकाे जानकारी दिए ।

 

प्रवक्ता कार्कीले संविधानमै प्रमुख आयुक्त निलम्बित भएको अवस्थामा बरिष्ठताका आधारमा अर्काे आयुक्त कार्यवाहक प्रमुख हुने व्यवस्था रहेकाे र संवैधानिक आयोग संविधानअनुसार नै चल्ने बताएका छन् ।

 

बस्न्यात यसअघि सरकारका सचिव थिए । सचिवबाट अवकाश पाएपछि उनलार्इ अख्तियारकाे अायुक्त बनाइएकाे थियाे ।  निजामति सेवामा बस्न्यात पनि अख्तियारकै छानविनमा परेका थिए । उनी अतिरिक्त कमाउ हुने कार्यालय भनेर चिनिएका कार्यालयहरुमा काम गरेका बेला अख्तियारकाे छनविनमा परेका हुन् ।

यसमा तपाइको मत