राजनैतिक दलहरुमा हट केकको रुपमा निर्वाचन को बिषय आइरहेको छ तर निर्वाचन गराउने मुख्य निकाय निर्वाचन आयोगलाई पूर्णता दिनेतर्फ भने चासो दिएका छैनन् । राजनैतिक पार्टीहरुले तत्काल निर्वाचन हुने भाषण दिनहुँ गरे पनि निर्वाचन आयोग लामो समयदेखि अपूर्ण अवस्थामा छ ।नेपालको संविधानअनुसार निर्वाचन आयोगमा प्रमुख आयुक्तसहित पाँच सदस्य हुनु पर्ने व्यबस्था गरिएकोछ तर हाल प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्मा मात्रै छन् । बाँकी तीन सदस्य नियुक्तिका लागि संवैधानिक परिषदको बैठक बस्नुपर्छ बैठक बस्ने तर्फ कुनै चासो छैन /बैठक बसेर निर्णय गरि हाले पनि भाग बन्दामा गरिन्छ /नेपालमा यो राजनैतिक भर्ति केन्द्र कहिले सम्म हुने हो ? यसको बास्तबिक छनौट प्रक्रिया कस्तो हुन्छ ? जनता जानकारी चाहन्छन यो एउटा खोजीको बिषय हो /



