स्मृतिमा प्रिय सखा शाेभा र रामकृष्ण

- तारा के.सी.


श्री श्वेत प्रा.बि. चाैकाेटबाट कखरा सिकेर श्रीखण्डपुर मा.बी. बाट S.L.C. पास गरेर छुटिएका हामी ३ जना साथीहरूलाई स्कुलकाे भेटघाट तथा बनभाेज कार्यक्रमले भेट्ने अवसर जुटाइदियाे। हरेक दिन पाैने १० बजे स्कुल जान म घरबाट निस्कन्थे। शाेभा मलाई प्रर्खेर बसेकि हुन्थिन्। म बाटाकाे गरामा पुग्दा उनी घरबाट झर्थिन्। हामी भेट्थ्याै मुल सडकमा र सँगै स्कुल जान्थ्याै। एउटै बाटाे परेकाे हुदाँ रामकृष्ण पनि प्राय जस्ताे हामीसँगै जाने अाउने गर्थे। २०५१ सालमा शाेभाकाे बिबाहा भयाे । बिबाहापछि शाेभासँग भेटघाट हुनै छाड्याे। भेटहुदा दयाराम दाइसँग साेध्ने गर्थे उनकाे बारेमा । चाैकाेट बजारकाे बाटाे हुँदै माइति घर जाँदा रामकृष्णकाे घर ठाेकिन अाइपुग्थ्याे अाँखामा। भाइले भन्थ्याे उनिहरूकाे स परिवारनै पाेखरामा बस्छन्। रामकृष्णकाे घर नजिकै ठुलाे ढुङ्गेधारा थियाे र अाज पनि छ। त्यस धारामा चिसाे र मिठाे पानी अाउथ्याे। बुढापाकाहरू भन्थे। यहाँकाे पानी खाँदा एक बल नै लाग्छ। त्यहि मिठाे पानीले गर्दा हाेला सायद धारा नजिकै भरियाहरूले चम्काे लगाएर खाना बनाएर खाने गर्थे। रामेछाप , सिन्धुली, अाेखलढुङ्गातिर बाट ब्यापारीहरू भरिया लिएर सामान खरिद गर्न खण्डपु बजारमा अाउने रहेछन्। त्यतिबेला व्यापारी केन्द्रबिन्दु थियाे खण्डपु बजार। चाैकाेट र खण्डपुकाे बिचमा भुताहा साँघु थियाे। त्यहाँ भुत लाग्छ भन्थे।बुढी अाैलामा थुक लगाएर निधारमा लगाएर हिड्नु भन्नुहुन्थ्यो घरमा अामाहरूले। डर लाग्थ्याे त्यहाँ पुग्दा। त्यहाँपनि ढुङ्गे धाराे थियाे। पहिलाका मान्छेहरूले किर्ति र यश राख्न ठाउँ ठाउँमा धारा पधेरा पाटी पाैवा बनाउथे रे, त्यसैकाे उपज हाेला यी धाराहरू। त्यहाँ दुुई अाेटा पुलहरू थिए। बिपिले शिलान्यास गरेकाे बिपि राजमार्ग।अहिले त्याे राजमार्ग बनेपा धुलिखेल हुँदै बर्दिवाससम्म पुगेकाे छ। हामी बर्षामा पानी परेर खाेलामा बाडी अाएकाे बेला कागजकाे ढुङ्गा बनाएर बगाउथ्याै त्यहि पुलबाट।

सम्झनामा अाउँछन् ती यादहरू। याे सुचना र इन्टरनेटकाे जमानमा पनि भेट नभएका हामी साथीहरू ।हामी कति पछि परेका रहेछाै हगि भन्दैथिइन् कल्पनाले कार्यक्रममा ।एकदिन अार के धुँजुकाे नामबाट friends Reqest अायाे। हामी फेसबुकमा साथी बनेपछि पनि मैले उनलाई चिनिन्। उनलेनै अाफु रामकृष्ण भएकाे र हामीसँगै पढेकाे कुरा गरे। त्यसपछि मात्र चिने मैले उनलाई। त्यहि बेला काठमाडाैं बिश्वबिधालय चाैकाेटमा साहित्यिक कार्यक्रम गर्ने तयारीमा थिए म। त्याे कार्यक्रममा मैले श्रि श्वेत प्रा.बी का हेडसर हामीलाई क ख सिकाउने गुरु रामप्रसाद अधिकारी( हाम्री प्रिय साथी शारदाकाे बुबा)लाई सम्मान पनि गरेका थियाै। मैले उक्त कार्यक्रममा रामकृष्णलाई पनि बाेलाए। अाफु चाैकाेट न अाएकाे थुप्रै बर्ष भयाे ।त्यहाँ मेराे काेहि पनि छैन। त्यहाँ भाकाे घर माइलाे भाईकाे भागमा परेकाे छ। अाउने जाने बाटाे नै बन्द भयाे तारा! भने उनले।मलाई नमिठाे लाग्याे। घरले नै नजिक टाडा बनाउदाे रहेछ मान्छेकाे दुरी। घर सम्झेर सात समुन्द्र पारीबाट पनि मान्छेहरू अाउँछन। घर नभएपछि १ घण्टाकाे बाटाे पनि बिरानाे बन्दाे रहेछ। मान्छेकाे ठेगाना हराउदाे रहेछ। मैले रामकृष्णलाई भनेकाे थिए। घर नभए पनि जन्मेर सालनाल गाँडेकाे माटाे छ। हिडेकाे बाटाे छ।छरछिमेक छन्।सम्झिने साथीहरू छन्। तिमी अाउनै पर्छ। चाैकाेट टेक्नै पर्छ। नभन्दै उनी अाए पनि। मेरा स्कुलका साथी रामकृष्ण र शुशिलाकाे अागमन र सरहरूकाे उपस्थितिले म सारै खुशि भएकाे थिए। हाम्राे याे बनभाेज कार्यक्रमले बर्षाै सम्म भेटन नसकेका साथीहरू माझ मित्रताकाे नविकरण गराएकाे छ। जिन्दगी संस्मरण नै संस्मरणकाे संगालाे रहेछ।अाज एउटा संस्मरण लेखे । रामकृष्ण र शाेभा मेरा प्रिय साथीहरूमा समर्पण गरेर। २०७५/८/३ काठमान्डाै ।

यसमा तपाइको मत