नेपालको बाटो समाउँदै जाडो छल्न कर्‍याङकुरुङहरु बसाइ सरे

- रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला,बनेपा-४,काभ्रे


नेपाली आकाशमा बिशेष गरि जाडोयाम शुरु हुनु अगाडी चिसो हावा चल्नु अगाडी बथानका बथान देखिने पन्छी हो कर्‍याङकुरुङ/यसलाई अङ्ग्रेजीमा डेमोसेल क्रेन (Demoiselle Crane) भनिन्छ । यो पन्छीहरू उडेको देखेर बुढा पाकाहरु चिसो अझै बढ्ने अनुमान गर्दछन् / यी कर्‍याङकुरुङहरु सारस प्रजातिमा पर्दछन /   यिनीहरु बथानका बथान कर्‍याङकुरुङको आवाजमा एक ठाऊबाट अर्को ठाउँ मा बसाइ सर्न नेपालको बाटो भएर उडेका हुन्छन /यो पन्छी धेरैमाथि बाट उड्न सक्छन / करिब ८ हजार मिटर माथि सम्म यिनीहरु उड्न सक्छन /यी फिरन्ते पन्छीहरू साइबेरियामा चिसो निकै बढेपछि जाडो छल्न   समुह समुहमा रूस र मंगोलियाको साइबेरियन क्षेत्रबाट उडेर  हावा चल्न सुरु हुनुअघि नै माथिल्लो मुस्ताङको आकाश छिचोल्दै भेरी नदी करिडोर भएर भारतको राजस्थान र गुजरातको केचन सिमसार क्षेत्रमा जाडो मौसम बिताउन पुग्छन्/ समुहमा यात्रा गरेको बेलामा केही गरि मौसम खराब अवस्थामा मात्र नेपालमा बास बस्छन नत्र यिनीहरु नेपालमा बस्दैनन / मौसम बिग्रे मात्रै माथिल्लो मुस्ताङ, कालीगण्डकी र भेरी करिडोरमा रोकिन्छन् र  सुधारको समय पर्खन्छन् /

अग्लो खुट्टा र लामो घाँटी हुने सारस प्रजातिका यी चरा खासगरी  सिमसारमा क्षेत्रमा बस्छन् । विश्वमा पाइने १५ प्रजातिका सारसमध्ये नेपालमा चार प्रजाति सारस पाइन्छ / कालो टाउके र सारस क्रेन नेपालमै गुँड लगाउने गर्दछन  / लक्ष्मण सारस र कर्‍याङकुरुङलाई उडेको मात्रै देख्न सकिन्छ / सारसको बिशेषता भनेकै प्रजनन् समयमा गरिने आकर्षक नृत्य हेर्न लायक को हुन्छ / बसाइँसराइका क्रममा माथि आकाशमा देखिनेहल्ला गरि उडेका सुन्दर समुह अत्यन्तै मनमोहक हुन्छ /यो पन्छिलाई भारतका किसानहरुले आफ्नो खेतबारीको हानि गर्ने किराहरु खाइदिने भएकोले खुब मन पराउञ्छ्न /नेपालमा खासगरी असोजको दोश्रो हप्तातिर मुस्ताङ्ग को आकाशमा हावा चल्नु आगाडी देखा पर्दछ /

क‍र्‍याङकुरुङ पन्छीहरू बिश्व भरिमा २ लाख ३० हजारदेखि २ लाख ६१ हजारसम्म रहेको अनुमान छ / नेपाल पन्छी संरक्षण संघको चार वर्षको मुस्ताङ अध्ययनअनुसार बर्सेनि करिब २० हजार क‍र्‍याङकुरुङ कालीगण्डकीको आकाश हुँदै यात्रा गर्छन् / यो चराको आगमनले त्यसक्षेत्रको सिमसारकोअवस्था राम्रो छ भन्ने सूचक दिन्छ /जाडो सुरु हुनुअघि मंगोलियादेखि उड्न सुरु गर्ने क‍र्‍याङकुरुङ चीन, तिब्बत, माथिल्लो मुस्ताङ, धौलागिरि र नीलगिरि चुचुरो नाघ्दै भारतको राजस्थानको किचनगाउँ र गुजरातको कचन बसाइ जाने गरेका छन् त्यस      क्षेत्रमा प्रजनन गरि आआफ्नो बच्चा सहित फर्कने बेलाको बथान सानो सानो संख्या लिएर उडेका हुन्छ / खासगरी क‍र्‍याङकुरुङ अफ्रिका, टर्कीको एटलास माउन्टेन, काजकिस्तान, चीन र रूसमा पाइन्छ /

उत्तरी ध्रुवमा हिमपातको सुरुवातसँगै क‍र्‍याङकुरुङ सारस बसाइ सर्द्छन /यिनीहरु हिउँदे आगन्तुक बटुवा पन्छी हुन्, जो  अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा बर्सेनि नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत र श्रीलंकातिर जाने गर्दछन् / यस  प्रजातिले सर्पहरूको संख्या नियन्त्रण गर्नुका साथै बालीनालीका कीरा र अन्य साना जीवहरूलाई खाइदिएर किसानलाई सघाएका हुन्छन् । सारसले बाघ र चितुवाजस्ता जनावरहरू नजिक आउन लागे कराएर जानकारी दिने गर्छन् /यस पन्छिबारे नेपालले बृस्तृत अध्ययन तथा अनुसन्धान गर्नु पर्दछ /यस पंछिले रैथाने पन्छीमा के कस्तो प्रभाव पार्दछ /यसले नेपालि पन्छी जगत तथा इकोस्तम मा  के कस्तो प्रभाव पर्द्छ भने अध्ययन हुनु जरुरि छ /आगामी दिनहरुमा यसबारे अध्ययन तथा अनुसन्धान हुनु आजको आवश्यकता हो /

 

यसमा तपाइको मत