यो सरकार तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र २ पार्टी मिलेर बनेको सरकार हो पछी २ पार्टी एकता भएर नेकपा बनेको छ । ७ ओटा प्रदेश मध्य ६ ओटा मा नेकपा को बहुमत हुँदा ४ ओटा मा एमाले का मुख्य मन्त्री २ ओटा मा माओवादी का मुख्य मन्त्री छन २ न प्रदेश मा जसपा का मुख्य मन्त्री छन । अहिले सम्म १ , २, र ५ न प्रदेश ले आफ्नो प्रदेश को नाम र राजधानी तोक्न सकेका छैनन । पार्टी एकता भएको २ वर्ष बितिसक्दा पनि एकिकरण प्रकृया अझै टुङ्गेको छैन । नेकपा का सच्चा र इमान्दार कार्यकर्ता पार्टी को आन्तरिक कृयाकलाप मा २ वर्ष देखी सहभागी हुन पाएका छैनन । नेकपा को पार्टी एकता भए पनि शिर्ष नेता नेता तथा कार्यकर्ता को मन को एकता भएको देखिदैन । फेसबूक मा छरिएका अभिव्यक्ती ले तेही सन्केत गर्छ । के पि ओलि नेकपा को अध्यक्ष तथा प्र म प्रचन्ड कार्यकारी अध्यक्ष वरिष्ठ नेता १ झलनाथ खनाल २ माधवकुमार नेपाल उपाध्यक्ष बामदेव गौतम महासचिव बिष्णु पौडेल प्रवक्ता नारायणकाजी श्रेष्ठ छन यसमा गृहमन्त्री राम ब थापा र उप प्रम तथा रक्षा मन्त्री ईश्वर पोखरेल २ जना समेत को ९ सदस्यिय सचिवलाय समिती ले हाल को नेकपा चलेको छ । तर कार्यकर्ता नेकपा का छैनन कोही ओलि का कोही माकुने का कोही झलनाथ का कोही प्रचन्ड का कोही बामदेव का कोही बादल का कोही नारायणकाजी का कोही देवेन्द्र पौडेल का छन । के पि ओलि अध्यक्ष र प्र म भएको हुँदा समग्र देश र पार्टी को जिम्मेवारी उनको काध मा हुने नै भयो उनि पक्ष का ले केहि बढी लाभ लिए होलान यो स्वभाविक नै हो किननि भोली जो नेता त्यहाँ पुग्छ उसले गर्ने नै तेही हो अरुले पनि भागवण्डा लाएर आ आफ्नो हिस्सा लिएकै छन । बाडी चुढी खाएकै छन । अरु त अरु सुर्य चिन्ह लिएर चुनाव जितेका मदेशवादी नेता हृद्यस त्रीपाठी ले पनि सामान्य प्रशाशन मन्त्री पाएकै छन । सवैले मिलेर खाए पनि बिरोध गर्दा के पि ओलि को मात्र गर्छन । २ २ चोटी मृगौला फेरेर २ जूनी फेरेका ओलि चाम्रा त हुने नै भए तर देश को लागी सतिसाल झै भएर अडान लिने हुँदा परिवर्तन नचाहने देश भित्र का पुनरुत्त्थान्वादी शक्ती र आफ्नो इशारा मा नचाउन चाहने विदेशी शक्ती ले के पि ओलि लाई सत्ता मा टिकिरहन नदिन अनेकौ हत्कण्डा अपनाउदै छ ।यसैको पेरिफेरिमा आफ्नै पार्टी भित्र बाटै प्रम र अध्यक्ष बाट राजिनामा मागियो जुन काम प्रमुख प्रतिपक्ष को हो । मिलेर गए पार्टी एकता नि टुङ्गो मा पुग्छ जनता ले ५वर्ष लाई सरकार चलाउने म्यान्डेड दिएका छन । होइन भने सबै आ आफ्नो बाटो लागे हुन्छ । नेकपा ओलि नेकपा प्रचन्ड नेकपा नेपाल नेकपा खनाल नेकपा गौतम नेकपा थापा नेकपा श्रेष्ठ नेकपा पौडेल यसरि जुन थाल मा खाने तेही थाल मा आची गरेर बस्नु भन्दा आफ्नो थाल लिएर माग्न हिने राम्रो होला । मदेश बादी राजपा बन्दा ६ पार्टी मिलेर बनेको थियो ६ जना अध्यक्ष थिए ।
अहिले जसपा बनेको छ । उपेन्द्र यादव को फोरम बाबुराम को नया शक्ती अशोक राइ को समाज बादी मिलेर बनेको समाज वादी पार्टी मा ६ जना मिलेर बनेको राजपा को एकिकरण ले एउटा नया शक्ती को जन्म भएको छ जसमा ९ जना अध्यक्ष छन । मदेशबादी पहिचान बादी जुट्दै छन ९ जना अध्यक्ष लिएर । यता २ जना अध्यक्ष झण्डै २ तिहाइ को जनता को विश्वास ५ वर्ष चलाउन छाडेर कता कता हो बैठक कहिले थापागाउ कहिले भैसे पाटी कहिले खुमलटार कहिले कोटेश्वर पार्टी कार्यालय छैन र पेरिस डाडा र चप्पलकारखाना तिर ।छाती मा हात राखेर देश बनाउने अभियान मा हो सबै भने यो खेलो मेलो तिर कोही लाग्ने होइन सबै जना एक फेर प्रम भएका हुन । बामदेव ले नि फेरी तेही ठाउ बाट अर्को चुनाव मा जित्ने गरी काम गर्नु पर्यो बर्दिया १ न मा त्यहाँ का जनता ले उहा लाई मत दिएका छन थोरै मतान्तर ले हो पराज्य भोगेको जनता को के छन समस्या जनता को घर दैलो मा जानु पर्यो पिरमर्का बुझ्नु पर्यो आफ्नो पार्टी सत्तामा छ आफ्नो पहुच छ ।विकास निर्माण को काम गर्नु पर्यो । निर्वाचन क्षेत्र खोज्दै हिड्ने होइन वर्दिया का जनता को घर घर खोज्दै हिड्नु पर्यो । विकास प्राधिकारण को अध्यक्ष बनेर विकास निर्माण मा योगदान गरे भैगयो नि अरको चोटी प्रम को दावेदार । आफ्नो निर्वाचन क्षेत्र मा महिना को १ चोटी भए नि जाने गर्नु जनता का पिरमर्का बुझ्नु कहिले कोटेश्वर कहिले खुमल्टार कहिले बालुवटार धाएर हुँदैन । स्थिर सरकार को लागी हामी लाई मतदान गर भन्ने जनता को मत लाई अवमुल्यन गर्दै सरकार गिराउने खेल खेल्ने काम आत्मा घाती कदम हो यसले कसैको हित गर्दैन । मतभिन्नता सिद्दान्त र विचार मा हुनु पर्ने हो यहाँ भागवन्डा मा भैरहेछ । चिन्तन मनन छल्फल देश विकास र जनता का पिरमार्का को हुनु पर्ने हो यहाँ त गुटबन्दी र फुट्वन्दी को लागी भैरहेको छ । देशमा गरिवी छ बेरोजगारी बडिरहेको छ । बैदेशिक रोजगारी को रेमिट्यान्स ले अर्थतन्त्र धानेको छ । सिमा विवाद तेतिकै छन उत्तर तिर को छिमेकी पनि मौका पाए छोड्दैन । दक्षिण तिर खुल्ल सिमाना छ कहिले सुस्ता कहिले पशुपतीनगर कहिले टनकपुर अहिले लिप्म्पियाधुरा लिपुलेक कालापानी मिचेको मिचै छ । नक्सा मा मात्र होइन हकिगत मा सेना राखेर कब्जा गरेको छ । धेरै कर कर गर्यो भने नाकाबन्दी को सामना गर्नु पर्छ । २०७२ साल को भुकम्प को बेलामा नाकावन्दी गर्दा भोगेको सास्ती नेपाली जनता ले बिर्सेका छैनन । हामी हरु आत्मनिर्भर को अभियान मा नलाग्दा सम्म यो समस्या सधै भरि बल्झिरहन्छ । देश ले मागेको केहो त्यो योजना का बारेमा निती निर्माण का बारेमा ठुला ठुला सबै दलका ठुला नेता हरु जम्मा भएर विचार विमर्श गरेको खबर सुन्न पाइनु पर्ने हो । यहाँ त पार्टी फुटाउने सरकार ढाल्ने खेलोमा भेटघाट विचार विमर्श गोप्य बैठक भएको समाचार सुन्नु पर्छ । अब ढिला गर्न हुन्न सरकार ले भुमी बैक तुरुन्त स्थापना गरी बाझो जमिन लाई निश्चित कर तिरेर स्वामित्व



