नेपालमा संसदीय व्यवस्थाको आौचित्य समाप्त

- हस्त बहादुर केसी


आज दुई तिहाई बहुमत प्राप्त नामधारी नेकपाको दलाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको प्रतिनिधिसभा ( संसद ) राष्ट्रपति विद्या देवी भण्डारीबाट विघटन गरिएको छ । नेपालको संसदको विघटन दलाल संसदीय व्यवस्था नै असफल भएको प्रमाणित भएको छ ।
यश परिघटनाले संसदीय व्यवस्थाले नेपाली जनताको समस्याहरु हल गर्न सक्तैन र नेपाली सर्वहारा वर्गको अधिनायकत्व सहितको नेपालमा स्थापना गरिने स्थापना गरिने जनताको संघीय जनगणतन्त्रात्मक राज्यव्यवस्था मात्र विकल्प भएको प्रमाणित गरिदिएको छ ।
अब देशमा क्रियाशील क्रान्तिकारी माओवादी सहितका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु एकतावध्द भै विशाल क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्ने अभिभारा यिनै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको काँधमा आएको छ ।
यश परिस्थितिमा विगतका गल्ती र कम्जोरीहरुलाई हटाउदै नयाँ आधारमा नयाँ एकताका साथ सम्पूर्ण नेपाली जनताहरु नेपाली सर्वहारा वर्गको नेतृत्वमा जनताको संघीय गणतन्त्रात्मक व्यवस्था निर्माण गर्ने महान् र गौरवपूर्ण अभियानमा लामबध्द हुनुको विकल्प छैन ।

यसमा तपाइको मत