स्रष्टा परिचय :- लघुकथाकार सुर्यप्रसाद लाकाेजूकाे जन्म २०३३ श्रावण २८ गते पनाैती नगरपालिका वर्डा नं ७ मा पिता बिष्णुप्रसाद लाकाेजू र माता हेममाया लाकाेजूकाे सुपुत्रकाे रूपमा भएकाे थियाे। उहाँले स्नातक सम्मकाे अध्यन गरि शैक्षिक क्षेत्र कार्यरत हुनुहुन्छ। उहाँकाे पहिलाे रचना “फूल” २०५४ सालमा काभ्रे टायम्स साप्ताहिकमा छापिएकाे थियाे। नेपाली साहित्य श्रेत्रमा निरन्तर लागिरहनु भएका कलमजीवी लाकाेजूका मुक्तक संग्रहहरू, कविता संङ्ग्रहहरू, हाइकु संङ्ग्रहहरू, बालसाहित्यका , बालकविता संङ्ग्रहहरू , नियात्रा, कथा, लघुकथा गरि दुई दर्जन भन्दा बढि कृतिहरू प्रकाशित छन्। विभिन्न साहित्यिक संघ संस्थार राष्ट्रिय , अन्तरास्ट्रिय स्तरका पुरस्कार र दुई दर्जन भन्दा बढि सम्मान पाईसक्नु भएकाे छ भने दर्जनाै साहित्यिक पत्रिकाहरूकाे सम्पादन पनि गरिसक्नु भएकाे छ। नेपाली साहित्य जगतमा चर्चित युवा साहित्यकार लाकाेजू – नेपाली लेखक संघ काभ्रे शाखाका अध्यक्ष , केन्द्रीय सदस्य नेपाली लेखक संघ, संयाेजक जनमत साहित्य बाटीका, सचिव जनमत बाङ्मय प्रतिष्ठान, अाजिवन सदस्य नेपाल बाल साहित्य समाज , सम्पादक / प्रकाशक अक्षरमार्ग साहित्यिक त्रैमासिक मा अाबद्व भएर भाषा साहित्य क्षेत्रमा समर्पित हुनुभएकाे छ।अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई आज मैले खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
साथी
सूर्यप्रसाद लाकोजू
शेखर र विजय दुईजना घनिष्ट मित्र हुन् , नङ र मासुजस्तै । शेखर विजय भनेपछि हुरुक्कै हुन्थ्यो । आफ्नो मित्रलाई केही सहयोग गर्न सकियो भने ठूलो सन्तुष्टि मिल्थ्यो उसलाई । मित्रता भनेको सुख र दःुखमा त्यतिकै रहनुपर्छ भन्ने उसको भावना थियो । शेखरको दिल ठूलो छ । त्यसैले लक्ष्मीले पनि उनको घरमा वास गरेकी छिन् । उनीहरुको दोस्ती चलिरहेकै थियो । विजयले सानोतिनो अप्ठ्यारोमा भौतिक र नैतिक सहयोग शेखरबाट पाई नै रहेको थियो । “तिमीले मलाई सँधै सहयोग गर्छौ । मैले भने तिम्रोलागि केही गर्न सकिन शेखर ¤” विजय भनिरहन्थ्यो । “साथीले गरेको सहयोगमा पनि यस्तो भन्नुहुन्छ । तिम्रो दुःख र मेरो दुःख उस्तै होइन र ?” शेखर भन्ने गर्दथ्यो ।
एक दिन विजयले ठूलो व्यापार गर्दैछु भन्दै शेखरसँग ठूलो रकम सहयोग माग्यो र आफूले पछि फिर्ता गर्ने वचन पनि दियो । आफूसँग त्यति धेरै पैसा नभएको कुरा शेखरले ग¥यो । तर विजयले जसरी भएपनि मिलाई दिन र छ महिनामा फर्काउने बाचा ग¥यो । शेखरले आफ्नो घर बैङ्कमा धितो राखेर आफ्नो साथीलाई व्यापार गर्न पैसा दियो । पैसा पाएको समयदेखि विजय र शेखरको भेट पातलिँदै गयो । दिन, हप्ता, महिना गर्दागर्दै दुई बर्ष वित्यो । न विजय आयो न पैसा आयो । पैसा तिर्न नसकेपछि यता शेखरको घर लिलाम भयो, उसको बास उठ्यो । सुनिन्छ विजय अहिले विदेशमा पैसा कमाएर मोजसँग बसेको छ ।



