चीनबाट चारसय अक्सिजन सिलिन्डर र १० ओटा भ्यान्टिलेटर नेपाल आइपुगे


चीनले सहयोग गरेको ३५ सय अक्सिजन सिलिन्डरमध्ये पहिलो लटमा चीनबाट चारसय अक्सिजन सिलिन्डर र १० ओटा भ्यान्टिलेटर नेपाल आइपुगेको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी विमानले उक्त सामग्री मंगलबार दिउँसो काठमाडौं ल्याइपुर्‍याएको हो । उक्त सामग्रीसँगै चिनियाँ कम्पनी होन्सी शिवम सिमेन्टले सहयोग गरेको १७० अक्सिजन कन्सनट्रेटर पनि काठमाडौं आइपुगेको छ ।

चीनका परराष्ट्र मन्त्री वाङ यीले अप्रिल २७ मा चीनसहित दक्षिण एसियाका अन्य ५ मुलुकसँग भएको बैठकमा नेपाललाई ५० लाख युआन बराबरको सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । सोहि प्रतिबद्धता अनुसार पहिलो लटको सामग्री आएको काठमाडौंस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।

 

 

यसमा तपाइको मत