बानिंयाटार युवा समाजले ४६ थान अक्सिजन सिलिंडर टोखा वडा २ लाई सहयोग हस्तान्तरण गरे


काठमाडौ । बानिंयाटार युवा समाजले ४६ थान अक्सिजन सिलिंडर टोखा नगरपालिका वडा २ लाई सहयोग हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसको बढ्दो संकटका कारण टोखामा पनि अक्सिजन अभावका कारण

अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै अक्सिजनसहितको सिलीन्डर सहयोग गरेको बानिंयाटार युवा समाजका प्रबिन बानियाले बताए  ।

यसै बिच टोखाका वडा अध्यक्ष दिपकराज जोशीले पैसा भन्दा पनि अक्सीजन नपाएको कारण धेरैको ज्यान चोखीमा रहेको र संकलित अक्सिजनले कोभिड संक्रमित बिरामीहरुको उपचार गर्न थप सहज हुने बताए ।

 

टोखा प्राथमिक स्वास्थ केन्द्रबाट ग्रिन सिटि अस्पताललाई १० वटा अक्सीजन समेत सहयोग गरिएको बताइएको छ ।

यसमा तपाइको मत