हाम्रो लोकतन्त्रमा आँची र गोबर छुटाउने नेता जन्मिएन : लोक सिम्खडा मालिकवादी सिद्धान्तका ब्याख्याता

- लोक सिम्खडा


 

समाजसेवा र राजनीतिमा सक्रिय लोक सिम्खडाले एउटा सिद्धान्त ल्याएका छ्न मालिकवाद । यो सिद्धान्तको कसिमा छ कि छैन बहस गर्न सकिन्छ । हामीले उनलाई केहि प्रश्न सोधेका छौ ।
१)२०४६ सालको संयुक्त जन आन्दोलन पछी नेपाली कांग्रेसले नवउदारवादको नीति लियो । यो नेपालको सन्दर्भमा नवनिजीकरणको मोडेल थियोे । बिश्वब्यापी रूपमा छाएको आर्थिक उदारीकरण मोडेल नेपाली काङ्ग्रेसले नेपालमा लागू खोज्यो सफल पनि भो । तपाईं पनि त्यतिबेला काङ्ग्रेससँग निकट हुनुभयो । अहिले एकाएक मालिकवाद सिद्धान्त भनेर बजारमा आउनु भएको छ , के हो मालिकवाद ?

मैले भेंटे सम्मको नेतालाई निजीकरणले हुदैन ,नागरिककरण गरू भने को थिए ।जति कारख़ाना थिए दामासाहिले प्रत्येक नेपालीलाई दिनुपर्छ,यो उचित हुनेछ भनेकै हुँ। मेरो कुरा सुनिएन ।
नागरिककरण नै मालिकबाद हो ,देशलाई उद्योगमय बनाई नागरिकलाई मालिक बनाउने सिद्धान्त मालीकवाद हो ।योबारे जो जसले सुने ,जसले गर्नु पर्ने थियो उनीहरुले कानमा तेल हाले ।
२)तपाईंको कुरा आदर्शवादी छ्न , तपाईंको मालिकवाद लोककल्याणकारी सिद्धान्तको नजिक त देखिन्छ तर अलि भावुक खालको भएन र ?
यसमा भाबुकता कहाँ छ ? जनतासंग भाबुक नभै शासन हुँदैन । गर्न थालियो भने असल परिणाम आउदैन । हामीले त गोरेटो खनीदिने न हो । एक पटक शुरू गर्न मात्र पर्छ,यो चक्र हो ,आपसे आप घुमी दिन्छ ।
४)राज्यले यसो गर्दिने उसो गर्दिने भन्नू भएको छ ? राज्यले त भुमिका निर्वाह गर्ने हो , देश बनाउने नागरिकहरुले हो । तपाईंको सिद्धान्तलाई ब्याबहारिक प्रयोग दिन गाह्रो छ जस्तो लाग्दैन ?
पुजीको व्यापक परिचालनबिना ,जनता मालिक बन्नै सक्दैनन । मालिकले मात्र बुझेको तन्त्र ,लोकतन्त्र हो ,यहाँ दास बन्ने र बनाउनेको होड़ छ भने कहाँ लोकतन्त्र कसरी फस्टाउछ ।
४)तपाईंको सिद्धान्त लागू हुँदा आम मान्छेलाइ के फाइदा हुन्छ ?
उनीहरूले देश पाउँछन ।
५)यदि भनेर पुग्छ र ?
देश भनेको गास बास, कपास,स्वास्थ,शिक्षा,रोज़गार र लोकतन्त्र हो,जुन लोकतन्त्रले नागरिकलाई सक्षम मौलिकता दिन्छ ।
६)अन्तिममा केही भन्नुहुन्छ कि ?
कुनै पनि प्रकार का भ्रष्टलाई देखेपछि ,नदेखे झै गर्नुपर्छ।यि हालसम्म सत्तामा पुगेका मान्छे अनि पार्टीको बिकल्प आफ़नै गाऊँ घरबाट खोजिनुपर्छ, समाजमा देखिएका अभियन्ताहरुको पनि लेखाजोखा हुनैपर्छ ।गुं र गोबर छान्न सकिएन भने हाम्रो उहि ताल हो ,उही तीन बिस, उहि साठी ।

यसमा तपाइको मत