
मानव अधिकार र पशुपंक्षी अधिकार सुनिश्चित गर्न “शाकाहारी समाजको निर्माण गरौं”
“बाँच्नु र बचाउनु सबैको अधिकार छ । मार्नु र मारेर खानु कसैको अधिकार छैन हेपह प्रवृति मात्र हो”
विश्वमा मांसाहारको लागि अत्यधिक पशुपालन गरिन्छ । पशुपालनकै कारण अत्यधिक मात्रामा कार्बनडाइअक्साइड, नाइट्रसअक्साइड र मिथेन ग्यास उत्पादन भइरहेको छ । पृथ्वीको तापक्रम बढेर ग्लोबल वार्मिङ भै मौसम र जलवायु परिवर्तन हुँदै गइरहेको छ । यदि अब पनि मानिसले मासुकै लागि पशुपालन गरिरहने र मासु खाइरहने हो भने अबको सय वर्ष भित्रमा यश पृथ्वीमा बनस्पति र मानव जगत नरहने कुरा वैज्ञानिकहरुले भविश्यवाणी गरिसके छ्न् ।
के कति कारणले मासु खान ठिक छैन त ?
१. स्वास्थको कारण : आधुनिक फिड तथा फर्महरुले बढी र छिटो मासु उत्पादन गर्न आर्सानिक, जिन, क्याल्सियम, एन्टिबायोटिक जस्ता तत्वहरु प्रयोग गरेर ४० देखि ४५ दिनमा तीन देखि पाँच किलो ब्रोइलर कुखुराको मासु उत्पादन गर्दछ । त्यस्ता रासायनिकयुक्त्त मासु खाएर हामी स्वस्थ र तन्दुरुस्त हुन्छ भन्नू एउटा दिवास्वप्न मात्र हो । मासुमा पाइने उच्च कोलेस्ट्रोलका कारण हाम्रो रगत बग्ने नसा(धमनी)मा पाप्रा जमाई दिन्छ । फलस्वरूप उच्च रक्त्त चाप, हृदयघात जस्ता मुटु रोग गराउँदछ । मासुमा युरिया धेरै पाइने भएकोले किड्नीमा युरिक एसिड जम्मा गरेर पत्थरी र किड्नी फेलसम्म गराउँदछ । मासु हाम्रो शरीरको तन्तुसंग मेल नखाने हुनाले मासु पचाउन कलेजोलाई भारी परिश्रम पर्दछ र हाम्रो कलेजोलाई चाँडै बिगार्ने काम गर्दछ । मासुको कारण अरु पनि विभिन्न प्रकारका रोगहरु जस्तै: कब्जियत, पायल्स, सुगर, युरिक एसिड, ?देखि लिएर शरीरमा ६० देखि ८० प्रतिशत रोग मासुबाटै लाग्ने वैज्ञानिक पुष्टि भइसकेको छ । त्यसैले विश्वभरका मानिसहरू धमाधम शाकाहारी हुनुका साथै प्राणीहरु प्रति करुणा जगाएर पशुहरुलाई पीडा दिएर क्रूर तरिकाबाट गरिने मनोरञ्जन धेरै देशमा सरकारी तवरबाट नै हटाइसकेका छन् ।
२. वातावरणको कारण: मासु खानको लागि अत्यधिक मात्रामा पशुपालन गरिने हुनाले पशुपालनको कारण ग्लोबल वार्मिङ गर्न १८ प्रतिशत भुमिका रहेको तथ्यांक पाइएको छ । एक किलो मासु उत्पादन गर्दा ३६.४ किलो कार्बनडाइअक्साइड निस्कन्छ । त्यस्तै पशुपंक्षिको मलमुत्रबाट मिथेन ग्यास निस्कन्छ जसले कार्बन्डाइअक्साइड भन्दा ८४ गुणा बढी जलवायू परिवर्तन गर्दछ । जनावरको हड्डी, छाला र रौ आदि नष्ट गराउने क्रममा नाइट्रसअक्साइड ग्यास निस्कन्छ त्यो कार्बनडाइअक्साइड भन्दा झन्डै १०० गुणा बढी ग्लोबल वार्मिङ गर्दछ । त्यस्तै अत्यधिक मात्रामा जंगल फडानी, वातावरण दुषित र स्वच्छ पानी खर्च भइरहेको छ ।
३. आर्थिक र सामाजिक कारण: विकाशीत देशहरूले ७० प्रतिशत भन्दा बढी अन्न मासु उत्पादन गर्न खर्च गर्दछ्न् । सोया प्रोटिन एण्ड फर्मेनटेड एन्ड मीट प्रोडक्ट नामक पुस्तक अनुसार एक किलो गाईको मासु उत्पादन गर्न सात किलो, एक किलो बंगुरको मासु उत्पादन गर्न चार किलो, एक किलो कुखुराको मासु उत्पादन गर्न साडे दुई किलो र एक किलो माछा उत्पादन गर्न डेढ किलो अन्न खर्च हुन्छ । त्यसैले संयुक्तराष्ट्र संघले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रति वर्ष ७६ लाख मानिसहरु भोकमरी र त्यसंग संबंधित कारणबाट मर्ने गर्दछ । त्यस्तै मासु खान जनावर काट्दा त्यो जनावरको शरीरबाट निस्कने डर, त्रास र चित्कारबाट एक प्रकारको रसायन उत्पन्न भइ मासुमा मिल्दछ र उक्त रसायनयुक्त्त मासु खानाले मानिसमा रीस, अहंकार, घमण्ड, असन्तुष्टि, तनाव, नकारात्मक सोच्र उतेजना आदि उत्पन्न भइ परिवार र समाजमा झैंझगडा, अशान्ति, कलह, हत्याहिंसा र बलात्कार जस्ता जघन्य अपराध हुने गर्दछ ।
४. धार्मिक कारण: बुद्धले सम्पुर्ण प्राणीहरु हाम्रो अघिल्लो जिवनको आमा असंख्य पटक भएर अहिलेको आमाले झैं करुणा र कृपा गरेका छ्न् । मासु खानु भनेको हाम्रो अघिल्लो जिवनको आमाको मासु खाएकै हुन् र उनीहरूको हत्या गर्न साथ दिएको हुनाले ठुलो पाप लाग्दछ र लामो समय नर्क गएर प्रत्येक जनावर खाएको फल पाँच सय पटक मान्छे र जनावरको जुनिमा अकालमा मृत्यु हुनु पर्छ । यो जस्तो बीउ रोप्यो त्यस्तै फल फलेझैं कुनै पनि बिउ जस्तै एक दाना कोदो, मकै वा धानबाट सयौं दाना फलेकोबाट पनि प्रमाणित हुन्छ । बौद्ध धर्मावलम्बीहरुले मरेको बखत मासु खाए पाप लाग्छ भनेर मासु खादैनन् । के अन्य बिबाह, जन्मोत्सव आदिमा मासु खाँदा पाप नलाग्ने हो र ?
५. हिन्दु दर्शनमा बलिको अर्थ: बलिको अर्थ ऋग्वेदमा देवताको लागि त्याग, उपहार, नैवेध्य, दान आदि चढाउनु हो । अझ बलिको अर्थ हामीमा भएको दोषहरु काम, क्रोध, लोभ, मोह र ईर्ष्या त्याग्नु वा देउतालाई चढाउनु हो । देवी देउताले सबै प्राणीहरुलाई आफ्नै सन्तानको रूपमा करुणा,माया र कल्याण गरि ज्यान जोगाउन सहयोग गर्दछ । त्यस्तो देवी देउता रहने स्थानलाई मात्र मन्दिर भनिन्छ । जुन स्थानमा पशुपंछीको हत्याहिंसा, दु:ख र चीत्कार हुन्छ, त्यस ठाँउलाई नर्क वा वधशाला भनिन्छ । देवी देउताको मन्दिरमा जीवहत्या शास्त्रको विरुद्ध र अधर्म हो । कुनै पनि जनावरलाई जबर्जस्ती काट्नु भनेको हत्या, चोरी, डकैती, अन्याय, राक्षसी र दानवीपन भन्दा जघन्य अपराध हो । त्यो जनावरले आफुलाई बलि दिन र मासु खान भनी नदिएको हुनाले पशुबली दिनु र मासु खानु कसैको स्वतन्त्रता र अधिकार होइन ।
६. प्रकृतिक कारण : जन्मजात मानिस शारीरिक बनावटले नै शाकाहारी प्राणी हुन् । यदि हतियार प्रयोग नगर्ने हो भने कुनै पनि पशुपन्छी मारेर खान सक्ने क्षमता मासिनमा छैन । मासु नै खाने हो भने मांसाहारीको जस्तै जन्मजात लक्षणहरु लिएर आउनु पर्द्छ ।
क. मांसाहरीले नंग्रा र दाह्राको भरमा जनावर मारेर खान सकिन्छ, शाकाहारीले सक्दैन ।
ख. मासाहारीले शिकार खेल्नु पर्ने भएकोले राती आँखा देख्छ, शाकाहारीले देख्दैन ।
ग. मांसाहारीको कम पसिना र पिसाब आउछ, शाकाहारीको धेरै पसिना आउने र धेरै पिसाब आउछ । त्यसैले
घ. मांसाहारीले चाटेर पानी कम पिए पुग्छ । शाकाहारीले घट्घट धेरै पानी पिउँनु पर्छ ।
ङ. मासु चाँडै
कुहिने भएर चाँडै फाल्नु पर्ने भएर मांसाहारीको आन्द्र छोटो हुन्छ, शाकाहारीको सागसब्जी र अन्न पच्न लामो समय लाग्ने भएर आन्द्र लामो हुन्छ ।
च. मांसाहारीले अरुको पीडा नदेख्ने भएकोले जन्मेको हप्ता दिनपछि मात्र आँखा खुल्छ, शाकाहारीले अरुको पीडा देख्ने भएकोले जन्मनसाथ आँखा खुलेको हुन्छ ।
७. बुद्ध र धर्म गुरुहरुको उपदेश अनुसार :
क. योगिले जाँडरक्सी पिए कुकुरको जुनि लिन्छ, यदि मान्छेमा जन्मे पनि बहुला हुन्छ, त्यसैले जाँडरक्सी खाने सुत्र र तन्त्रमा, रोकेको हुँदा पद्म सम्भावनले खानु भनेको छैन, भविस्यको पतित समयको योगिहरुले, जाँडरक्सी खानु पद्मसम्भावले भनेको भन्छन्, तिनीहरु मेरो अनुयायी होइनन्, कालो भुतको पछि लागेका हुन्, त्यसरी मलाई सम्झेर, भावना र पुजा गर्नेहरु, म पद्मसम्भावलाई जुक्याएको हो ।
ख. महापरिनिर्वाण सुत्रमा बुद्धले: आफैं मरेको मासु पनि त्याग्नु । मासु खाने मानिस जाँदा होस वा बस्दा सबै प्राणीले त्यसको गन्ध थाहा पाएर त्रासित हुन्छन् । जसरी निम वा लसुन खाएमा त्यसको गन्धले अरु मानिस बेखुसी हुने र विपरीत हुन्छन् । धेरै मानिस जमघट भएको समूहले त्यो फलानोले लसुन खायो भने झैं त्यसरी नै सबै प्राणीहरुले मासु खाने मान्छे चिनेर त्यस मासुको गन्ध थाहा पाएर मार्ने डरले भयभीत हुनेछ । उक्त ब्यक्ति यताउता जाँदा समेत कतिपय पानी, सुख्खा जमीन र आकाशमा रहने प्राणीहरु डरले हामीहरुलाई यसले मारी दिन्छन् भनी बेहोस भएर मर्छन् । त्यसकारण बोधिसत्व र महाबोधिसत्त्वहरुले मासु खानु हुदैनन् । बोधिसत्त्वहरुले कहिलेकाही प्राणीहरुलाई अधीनमा ल्याउनको लागि मासु खाएको अभिनय गर्नु भए तापनि उहाँहरुले साधारण खाना त लिनु हुन्न (समाधिको खाना खानु हुन्छ) भने मासु खानु हुने त कुरै भएन ।
ग. कालचक्र तन्त्रबाट : करुणा एवं दया नभएको भिक्षुले जिब्रोको स्वादको लागि मासु खाने र खोज्ने गर्दछ । जसको लागि हत्या गरेको आदि दोषले भिक्षु र श्रमणेरहरु पनि नर्क जान्छन् भनिएको छ ।
घ. शरणनायक धर्म गुरू ज्याड्रल रिन्पोछे ज्युको रचना दोमसुम जेग्येन नामक पुस्तकमा यसरी उल्लेख गर्नु भएको छ । मासु सेवन गर्नुको गुण तिलको दाना जत्ति पनि छैन । मासु सेवन गर्ने नै मार राक्षसको जात भएकाले शिल, भङ्गा भई क्लेसको बृद्धी हुनेछ । परहित हुने मैत्रि र करूणको हेतु नष्ट भई फल रूपी बोधीगर्भ परिपाक हुना कठिनाई हुन्छ । मासु सेवन गर्ने शरिरमा परहित हुने तत्व हुने छैन । प्राय जस्तो देव, नागहरूले राक्षसको रूपमा देख्नेछन् । मासु खानेहरुको शरिरमा गन्धभक्षक राक्षस, मार, याम स्त्रिप्रेत प्रेतराज, प्रेतआत्महरूले घेरी बस्ने छन् । मासु सेवन गरेको फलले नरगमा जन्मिनेछ र चरा, गिग्दा, स्याल, फ्याउरो आदि राक्षस रूप लिने छ । त्यस्तो प्रकारको मासु सेवनको दुःख असंख्य छन । मासु त्याग्नले माथी भनेको सम्पुर्ण दोषहरुबाट मुक्त भई, सदैब मनुष्य र अमनुष्यहरूले शिरोपर गरि प्रशंसा गर्ने छ । विशुद्ध सम्याक ब्रम्ह्य देव रूपमा देख्नेछ र दशै दिशाको सम्पुर्ण बुद्ध र बुद्धपुत्रहरु, गुरू ईष्टादेव डाकनी र वेषेश गरि बोधीसत्वहरुले बादल सरि रक्षा गरिरहने छ । अन्तमा मैत्री र करूणाको हेतुले फलरूपी सार बोधीगर्भ शिघ्र लाभ हुनुको साथै अचिन्तनिय गुणहरू प्राप्त हुनेछ ।
भिक्षु आङ फुरि शेर्पा



