पुर्ब छापामार जितेन्द्र तामाङको स्मरण – खनियाबासमा ३ साथीको दु:खद हत्या

- जितेन्द्र तामाङ


आसर ६ गते रातीको सेल्टर सत्यदेबीको राकचोक बाट बिहान उठेर कामको आधारमा हामी बिकेन्द्रीत भयो । संभावित शाही सेनाको आप्रेसनको पुर्ब जानकारी थियो।धादिङबेंसिबाट उत्तरी धादिङ क्षेत्रमा प्रवेश गर्ने नाकामा एम्बुसको लागि म लगायतका लागे। केही साथीहरु किम्ताङ फेदी र मार्पक तिर लागे। जिल्लाको प्रकाशन आँखु सन्देश को तायरीमा कमरेड अनन्त र डम्बर लाग्नु भयो । कलाकार टिम बर्सुङ्चेत तिर थिए । शाहि सेनाको मुभ नुवाकोट बाट गरेछ । हाम्रो अनुमान यो टोली धादिङ प्रवेश गर्दैनन् होल भन्ने थियो । LRP(लाङ रेन्ज पट्रोल) जस्तो थिएन SRP(सर्ट रेन्ज पट्रोल) खालको देखिन्थ्यो,त्यसो हुँदा किम्ताङ बाट नै फर्कन्छ भन्ने अनुमान भयो । कमरेड अनन्त र डम्बर लाई सेनाको मुभ राम्रो जानकारी भएन छ । बिजुली र कम्प्युटरको ब्यवस्थ बच्छलमा थियो डुबैजना प्रकाशनको काममा ब्यस्त थिए । बर्षको समय राति नै शाही सेना स्थानीय सुराकीको माध्यमबाट सत्यदेबी प्रवेश गरेर मकैबारीमा लुकेर बसेर बच्छ्लाको रिपोर्ट लिएर बिहानाको ८/९ बाजे तिर सबै तिर सत्यदेबीको बच्छ्ला(वलागङ्ग)सबै घेराबन्दी गरेर कमरेड अनन्त र डम्बर लाई प्रकाशनको सामग्री सहित कब्जामा लिएछ । त्यसै बेला कलाकार टिम कमण्डर कमरेड बिमल काठमाडौंमा चलिरहेको सार्क राष्ट्रहरुको खेलकुद प्रत्यक्ष प्रसारण हेर्न बच्छ्ला बजारमा पुग्नु भएछ । घेराबन्दी गरेको सेना देख्नासाथ उहाँ भाग्न खोज्दा खुट्टामा गोली लागेछ र हत्यारा शाही सेना मुर्दाबाद!ने.क. पा(माओवादी) जिन्दावाद भन्दै नारा लगाउनु भएछ । त्यसपछि उहाँलाई पनि नियन्त्रणमा लिएर बर्बरता पुर्बक यातना दिना थालेछ । बिहानाको १०/११ बजे तिर साथीहरू गिरफ्तार परेको खबर प्राप्त भयो । हामीलाई निक्कै चिन्ता भयो । धादिङ बाट उत्तरी क्षेत्र प्रवेश गर्ने नाकामा बसेको हाम्रो माइनिङ्ग एम्बुस नकाम भयो । गिरफ्तार पछि तिनै जनालाई क्रुर आमनबिय यातना दिदै बच्छला स्कुलमा लगेछ,अत्मासमर्पण गर्न र पार्टीको गोपनियता खोल्न भने पनि उहाँ तिनैले मान्नु भएन छ र अन्तत चरम क्रूर यातना दिएर दिउँसो १२ बजे तिर स्कुल जस्तो संवेदनशील ठाउँमा विद्यार्थीहरुलाई सामुन्ने राखेर छात्तीमा गोली हानेर हत्या गरेर तिनैजनाको सबलाई स्कुल पछ्डीको जंगलमा घिसर्दै लगेर अलि अलि छोपछाप गरेर छोडेछ । निशस्त्र ब्यक्तिहरुलाई कब्जामा लिएर क्रुर याताना र हत्या गरेर जेनेभा महासन्धिको युद्ध बन्दीको नियमलाई खिल्ली उडानेमा नेपालको सैनिक र प्रहरी निक्कै चर्चित पनि छ । ३ क्रान्तिकारी योद्धा,जनाताको सिपाही हरुको हत्या पछि नरभक्षी हत्यारा शाही सेनाको जत्था फर्किए पछी हामी पुगेर हसिया हथौड़ा अंकित झन्डा ओढाएर विधि पुर्बक ३ योद्धाहरुको अन्न्तिम बिदाइ गरियो।
कमरेड अनन्त(रबि बोगटी)तत्कालीन माओवादीको उच्च स्तरीय नेता पोष्ट बहादुर बोगटीको एकमात्र छोरा हुनु हुन्थ्यो । क्रान्तिकारी पृष्ठभूमिमा हुर्किएको रबि सच्चै छबिमा उदाएको रबि हुनुहुन्थ्यो । अखिल क्रान्तिकारी विद्यार्थीको नुवाकोट जिल्ला अध्यक्ष हुदै विभिन्न संघर्ष,जेल,नेल,हिरासत हुँदै माओवादी पार्टीको पुर्णकालिन हुनु भएको थियो । विद्यार्थीको जिल्ला अध्यक्ष हुनेबेला देखि नै हामी परिचीत थियौ । पुर्णकालिन पछि जनासेनाको फर्मेशनमा लामो समय बिताउनु भएका कमरेड अनन्तले धादिङको दार्खा इलाका प्रहरी कार्यलय रेड,तनहुँको भिरकोट,नुवाकोटको सामरी,तारुक चौकी आक्रमण र खरानीटार बैंक जस्त थुप्रै फौजी कार्बहीहरुमा महत्त्वपूर्ण अग्राभागमा रहेर भुमिका निर्बह गर्नुभएको थियो । ५८ सालको संकटकाल पछि पार्टी संगठनको अवश्यक्ताले उहाँलाई संगठनमा जिम्मेवारी दिएको थियो । धेरै लामो समय संगठन र सैन्य दुबै क्षेत्रमा संगै रहेर हामीले सहकार्य गरेका थियौं । कमरेड अनन्त संघर्षसिल खारिएको योद्धा,बिचारमा प्रतिबद्ध,संगठनमा कुशल,कार्यशैलीमा बिबेकसिल,फौजी रूपमा अब्बल लडाकु,जना सम्बन्धमा सेवक हुनुहुन्थ्यो।
कमरेड बिमल घले(प्रज्ञा) नुवाकोट,बर्सुङ्चेतमा जन्मिनु भएका एक क्रान्तिकारी योद्धा जनताको प्रिय जना कलाकार तथा भलिबलको राम्रो खेलाडी हुनुहुन्थ्यो । सुमधुर स्वरको धनी जस्को स्वर,आवजले स्कुल जीवन बाटै हामीलाई क्रान्ति प्रती प्रेरित गराउँदा थियो । सामन्ती निरंकुश सत्ताको ज्यादती,अत्याचारको बारेमा बस्ती बस्तीमा सचेतना जगाउनु हुन्थ्यो । कलाकार तथा माओवादी नेता माइला लामा को प्रभाव र शिक्षाक तथा माओवादी समर्थक वीर बहादुर घलेको प्रेरणाले क्रान्तिकारी बन्नुभएको कमरेड बिमल अत्यन्तै मिलनसार,इमन्दार,धैर्यबन योद्धा हुनुहुन्थ्यो । लहुरे परिवार र समाजमा हुर्किनु भएका कमरेड बिमल जागीर,लहुरे,बुर्जुवा कलाकार र खेलडीलाई तिलन्जली दिंदै जनायुद्धको सुरुवातकाल देखि नै देउरालीक वीर बहादुर तामाङ,गजेन्द्र तामाङ,टेकमान तामाङ,म्यागङको वीर बहादुर घले,रुपेश घले,निमा घले लगायतको सँस्कृतिक टिममा उहाँ आबद्ध हुनुहुन्थ्यो । संकटकालको पछि उहाँ धादिङ,नुवाकोटको जना कलाकार टिमको कमण्डर हुनुहुन्थ्यो । कमरेड बिमल सँगको सहकार्यको अनगिन्ती क्षणहरु छ्न । देउराली,म्यागङ्ग,किम्ताङ्ग,बर्सुङ्चेत देखि धादिङको दुर्गम गाउँ बस्तीहरु संग संगै हिंडेका क्षणहरु अझै पनि मेरो दिमागमा तजा भएर गुन्जीरहेको छ ।

बिद्रोही तथा सहिद गाउँ भनेर चिनिने धादिङको खाल्डेमा शिक्षण पेशा संगै सामाजिक अगुवा,कम्युनिस्ट लिडरको रूपमा परिचीत एक क्रान्तिकारी योद्धा कमरेड डम्बर श्रेष्ठ हुनुहुन्थ्यो । उहाँको प्रेरणादायी नेतृत्वमा थुप्रै क्रान्तिकारी योद्धाहरु जन्मिएका छन । खाल्टे गाउँबाट मात्रै जनायुद्धमा धेरै जना योद्धाहरुले जीवन बलिदान गर्नु भएको छ । कमरेड डम्बर,दिनेश,पर्बत,सबिना,प्रदुन,मुना,प्रज्वाल ले बलिदान भएको छ । नुवाकोटको तारुका चौकी रेडको तयारी हुँदै गर्दा प्राविधिक सामानहरु कमरेड डम्बरको घरमा अन्तैबाट पोष्ट भएर अएको रहेछ त्यही सामान लिना जाँदा पहिलोपटक कमरेड डम्बर संग उहाँकै घरमा भेट भएको थियो ।पहिलो भेट्मा नै सामीप्य कलफल भएको थियो । उहाँको श्रीमती कमरेड लक्ष्मीले हाम्रो टोलिलाई खाना बनाएर खुवाएको अझै सम्झना ताजै छ । त्यसपछि संकटकाल र शाही सैनिक दमनको विरुद्ध उहाँ पुर्णकालिन भएर क्रान्तिको निम्ति समाहित हुनु भयो । उहाँको पार्टी र क्रान्ति प्रतिको लगाब,मिहिनेत,इमान्दारीत,प्रतीभा अनुसार पार्टीको मुखपत्र आँखु सन्देश प्रकाशनको जिम्मेवारी दिएको थियो ।
पार्टी र क्रान्तिको निम्ति,देशमा आमूल परिवर्तन गरि शोषित,पीडित आम श्रमजीवी बर्गको मुक्तिको खातिर आफ्नो ब्यक्तिगत निजि स्वार्थ त्यागेर जीवन बलिदान गर्नु हुने महान अमर सहिद कमरेड रबि बोगटी´अनन्त`,कमरेड बिमल घले´प्रज्ञा`र कमरेड डम्बर श्रेष्ठ´ज्वाला` प्रति १६ औं बार्षिक स्मृतिको अवसरमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

यसमा तपाइको मत