लगभग असारको रोपाइँ सकिन लागेको छ । सरकारले कर उठाउने कार्यमा सफलता प्राप्त गरिसकेको छ । हिलोमा पिच गरेको पर्सिपल्ट उप्कने असारे बिकास पनि भएकै छ । स्मार्ट लकडाउनले स्मार्ट हुन नसकेको नियती हामीसँग नै छ । स्मार्ट लकडाउनले जीवनलाई कहाँ स्मार्ट बनाउन सक्छ ? स्मार्ट शब्द स्वयं आदर्शजन्य शब्द हो ।
उपत्यकामा एक हिसाबले लकडाउन खुलेकै छ । जोर बिजोर प्रणालीमा यातायात चलेकै छ । बजार खुलेकै छ । ट्याक्सी चलेकै छ । अब सरकारले लामो दुरीको यातायातलाई निश्चित मापदण्ड तोकेर खुल्ला गर्न जरुरी छ । यसो गर्दा अर्थतन्त्र चलायमान हुन्छ । रोजगार गर्नेले रोजगार गर्न पाउँछन् । उद्योगी व्यावसायिहरुलाइ सहज हुन्छ । ब्यापार फस्टाउन सक्छ । नयाँ रोजगारी सिर्जना हुन सक्छ । लकडाउन पछि रोजगार गुमेका थुप्रो संख्यामा मजदुरहरुको बेहाल छ ।
अस्पतालमा अब चाप घटेको छ । बिरामीहरुलाइ अब स्वास्थ मापदण्डले थाम्न सक्छ । एकदमै गाह्रो अबस्थामा रहेका बिरामीहरुलाई सहज ऎम्बुलेन्स र अस्पतालको ब्यबस्थापन गर्न सरकारले पहल थाल्नुपर्छ ।
आजको स्थितिमा लकडाउन खुलाउनु अत्यावश्यक काम हो । सधैं मानिसहरूलाई घरमै थुनेर राख्न सकिदैन घरमै बन्दी बनाएर राख्न सकिदैन । मानिसलाई रोजगार चाहिन्छ , खाना चाहिन्छ । मनोरंजन चाहिन्छ । सहज जीवन यापन चाहिन्छ ।यसैले बिस्तारै लकडाउन खुलाउन पर्छ ।
अब लकडाउनलाइ खुलाउने बेला भयो सरकार – सुर्य बज्रयाना
- सुर्य बज्रयाना



