लघुकथाः पुनः मिलन

- तारा श्रेष्ठ , बिरातनगर


सुन्दर र सीमाको बिहे भएकोपनि एक महिना भएको थियो ।
घरको आर्थिक अवस्था अति कमजोर भएर, सुन्दर आफ्नी प्रिया सीमालाई जीवनभरि साथ दिने वाचा गर्दै, सुन्दर कल्पनाको भविष्य खोज्दै मुङग्लान भासिन पुग्यो ।

यता सीमा, साह्रै दुःखका साथ दिन बिताउँदै गरेको पनि बर्षौ भएको थियो । सुन्दरले नकुनै चिठीपत्र नै पठाए । जाँदा जाँदै, बाटोमा उसको एकजना साहुको गाडीले ठक्कर दिँदा ऊ घाइते भएको थियो । उनै साहुले औषधी उपचार पछि, उनलाई आफ्नै घर लगेका थिए । ती साहुले पनि आफ्नै, छोरा सरह व्यवहार देखाए । उसले पनि बाबु सम्मान देख्छ र, साहुको व्यापारमा सहयोग गर्दै अघि बढ्छ । यसरी दिन क्रमसंगै पैसा कमाउन थालेपछि सिमालाई पनि बिर्सिन् पुग्छ ।

एकदिनको कुरो थियो, साहुले उसलाई भन्यो, ‘सुन्दर, तिमी मेरो छोरो समान हौ, अब तिमीले बिहे गरेर यहि घरमा बुहारी भित्र्याउनु पर्छ ।’ उता उसले सिमालाई भुलिसकेका थियो । र, बिहे गर्न राजी भयो ।

बाजा गाजा सहित, ऊ बेहुलो बन्यो, जन्ती,बेहुला लिएर केटीको आँगन पुगे ।

जग्गेको आसनमा बसेको बेला, सुन्दरले केटीको घुम्टो उघारेर, हेर्न खोज्यो । उसले त त्यस जग्गेमा आफ्नै सीमा पो बेहुली बनेको देख्यो । दुवैको आँखा जुधे, हर्ष विभोर भए ।

बेथिती जीवनले पुनः मिलन गराएकोमा पुराना बेहुला, बेहुली, फेरिपनि नयां बेहुला बेहुली भएकोमा आँखामा आंसु टिलपलाइरहेका थिए ।

विराटनगर-६
मिति २०७८/०५/०५

यसमा तपाइको मत