लघुकथा :: साइनबोर्ड

- रमेश पन्त 'मीतबन्धु ' , भिमदत्तनगरपालीका कञ्चनपुर


-भ्रष्टाचारीलाई नाे इन्ट्री
-ढाेकामा झुन्डिएको साइनबोर्डमा यस्तै व्यहाेरा कुँदिएको थियाे। पढिसकेर हात लगाउन खाेज्दा पहेरदार भाेटे कुकुर लखेट्न अाएपछि म कुलेलम ठाेक्न बाध्य भए।
हाकिमसाबकाे चर्चा परिचर्चा बजारमा गरम मसला नै थियाे। भ्रष्टाचार विराेधि अड्डाका हाकिमसाबले भ्रष्टाचार गर्छन् र भ्रष्टाचारीलाई शरण दिन्छन् भन्ने कुराकाे परिकल्पना अाम मान्छेले गर्ने कुरै भएन।
त्यै अफिसकाे बाटाे भएर अाेहाेर दाेहाेर गर्नुपर्ने मेराे बाध्यता नै थियोे । भाेलिपल्ट अफिस निर पुग्दा छड्के अाँखा लगाएकाे त बेग्लै दृश्य पाे देखियाे। दुई थान सुकिलाहरु जिपबाट झरिरहेका थिए , एउटाकाे हातमा सुटकेश जस्ताे देखिने खै के हाे ? झुन्डिएको थियाे । लकडाउनकाे समय दुवैजनाले मास्क लगाएकाले चिन्न चै गाह्राे भयाे। गेटमा झुन्डिएको साइनबोर्ड तिर अाँखै नलगाई दुवैजना भित्र छिरे । मलाई लखेट्न अाएकाे पहरेदार कुकुर पनि नभुकेर पुच्छर हल्लाइ रह्याे। सायद पुरानो चिनजान हाेला ।
भित्र छिरेकाे पाँच मिनेट नि भा ´थेन फर्केर खालि हात दुवै बाहिर पाे अाइसके त बा । कति तिनीहरू कै चियाे गर्नु , म अाफ्नाे बाटाे लागे ।
भाेलिपल्ट पत्रिकामा त्यै कार्यालयकाे नाम सहितकाे हेडलाईन न्युज पढ्दा तीन छक्क परें । तिनै हाकिमसाबकाे नाम अनि दलालबाट घुस लिएको गरम मसालेदार खबर ।
-अाे हाे भ्रष्टाचारीलाई नाे इन्ट्री झुण्ड्याउनुकाे कारण त यस्तो पाे रैछ ।

२०७२/०५/११

यसमा तपाइको मत