लघुकथा:- मनभित्रकाे पिडा

- तारा श्रेष्ठ , बिरातनगर


धेरै वटा अस्पताल डुलाउँदा डुलाउँदै मैले मेराे पति सराेजलाई निकै नाम चलेकाे अस्पताल पुर्याउन पाउँदा म निकै खुसी र आशावादी थिएँ।साथमा एघार पढ्दै गरेकाे छाेरा थियो।

नर्सले सबै काे पालैपालो नाम बाेलाउँदै थिइन्।
डक्टरलाई भेटेर आएपछि कुनै बिरामी निकै खुशी देखिन्थे,, काेही अमिलाे अनुहार बाेकेर आएकाे छर्लङ्ग देखिन्थ्यो।

सराेज,,,,,,,सराेज,,,,,,काे हुनुहुन्छ???
मैंले मेराे पतिलाई छाेराकाे सहाराले डाक्टर काे काेठामा लगे। डक्टर आफै आएर वहाँ लाई समातेर आदर भाव र प्रेम पूर्वक आफ्नाे नजिक राख्नु भाे,,,,खै के के,,भन्दै सबै साेधपुछ र चेक जाँच भयाे,,, वहाँ आफू निकाे हुने बिस्वास मा अज्यालाे मुहार बनाउनु भाे ।मन भरि आशाहरु पालेर हामी बाहिर निस्क्यौ। छाेरा लाई एकछिन भित्रै बस्न भनियाे।निकै बेर सम्म छाेरा बाहिर नआएकाले डक्टरकाे ढाेकातिर यसाे चिहाउन
खाेजेकाे मात्र के थिएँ,,,,, डक्टर भन्दै थिए, याे खतरनाक राेग हाे, यसलाई ए एल एस भनिन्छ (Amyotrophic lateral sclerosis) वहाँ लाई राम्रो केयर गर्नुहाेला। वहाँ लाई तीन महिना मात्र बचाउन सकिन्छ।छाेरा ले कति सुन्याे ,कति बुझ्याे,,,,मेराे कानमा सुइराले छेडे झै भाे,म सर्ल्याकसुर्लुक भएँ,,,,!आँखाकाे आँसुलाई बग्न नदिई मुटु मै गाँठाे बनाए थ्याच्च बसे।

यसमा तपाइको मत