माया पुरी नेपाली कलाकारिता क्षेत्रमा परिचित कलाकार हुन ।म्युजिक भिडियो , वेव सिरिज , टेलिसिरियल ,डकुमेन्ट्री हुँदै फिल्मसम्ममा खेलेकी माया सबैको प्रीय छिन । आफ्नै मेहनत र बुत्ताबाट स्थापित मायालाइ हामीले सात छोटा प्रश्न सोधेका छौँ ।
१) जीवन के हो ?
जीवन संघर्षको स्वर्णिम यात्रा हो ।
२) प्रेम के हो ?
प्रेम मोह हो , प्रेम माया हो ।
३) कलाकारितालाइ कसरी बुझ्नुहुन्छ ?
कलाकारिता मान्छेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने सशक्त माध्यम हो ।
४) तपाईंलाई मनपर्ने तीन नेपाली कलाकार कोको हुन ?
आचल शर्मा , स्वास्तिमा खड्का र नीता ढुंगाना ।
५) तपाईंलाई मनपर्ने पाँच नेपाली चलचित्र के के हुनुसक्छ ?
धड्कन , बरमाला , नाइ नभनु ल , आमाको आशीर्वाद र प्रेम गीत ।
६) तपाईंलाई मनपराउने मान्छे कस्तो होस भन्ने लाग्छ ?
मलाई बुझ्ने होस , हरेक कदममा साथ दिने होस ।
७) तपाईंले जीवन एकदमै सम्झने पल कुन हो ?
मेरो आमाले गरेको दु:ख म सधैं सम्झिन्छु ।



