भृकुटीमण्डपको भृकुटी क्याफे दर्जनौं मान्छेहरुबीच एउटा मान्छे काठमाडौंकै एउटा नगर फेर्ने सपना बाडिरहेको भेटिन्छ्न । झट्ट हेर्दा अवकाशप्राप्त सिडिओ जस्तो लाग्छ्न । तर यी अवकाशप्राप्त सिडिओ र पुर्व भन्सारका हाकिम होइनन् । यी त ऎतिहासिक नगरी सांखुका शंकर दुलाल हुन । माओवादी केन्द्रका कटिबद्ध नेता दुलाल शंखरापुर नगरपालिकालाइ नमुना बनाउने सपना सुनाउछ्न । सांस्कृतिक ग्राम बनाउने उनको सपना पुरानै हो । उनको कोटका खल्तीहरुमा साँस्कृतिक ग्रामबारे केही न केहि कागज अहिले पनि भेटिन्छ । दर्जनभन्दा धेरै योजनासहित शंखरापुरलाई बिकास र समृद्धिशीत जोडने मुख्य सपना हो शंकरको । इतिहास , संस्कृति , भूगोल , मौलिकता , पहिचान आदिलाई समेटने शंकरको चाहना छ । शंखारापुरलाइ सुन फल्ने गाउँ बनाउने योजना छ शंकरको । आफ्नु गाउँ नमूना वनाउदा माओवादी आन्दोलनले उठाएको मुद्दाहरु व्यबहारत : लागू हुन्छन् भन्ने शंकरको सोच छ । माओवादीले भन्छ्न मात्र गर्दैनन् भन्ने पुरानो भाष्य खारेज गर्न चाहन्छ्न शंकर दुलाल। बिपरित पार्टीका साथीहरू समेत उनलाई यहीँ कारण मन पराउँछ्न ।
स्थानीय स्तरमा कहिलेकाही लचिला योजना पनि लोकप्रिय हुन्छन् । काँठको मनोविज्ञान बुझेका शंकर माटो सुहाउँदो कुरा गर्छ्न। योजना र माटोको मौलिकता मिलेन भने चैतमा सुकेको खेतमा गोलभेडा मरे जस्तो स्थिति आउँछ । शंकर भन्छन् – पञ्चायतमा महेन्द्रले माटो सुहाउँदो ब्यबस्थाको कुरा गर्नु उनको कम्युनिस्टहरुको संगतको परिणाम हो । कम्युनिस्टहरुले आफ्नु योजनालाई समाजवादी क्लेवर दिन नसक्दा नेपाली कम्युनिस्ट आन्दोलनको आदर्श कमजोर भएको कमरेड दुलालको बुझाइ छ ।
…
शंकरको जुँघा फुलेको छ । तर उनी बालक झैँ रुपेश श्रेष्ठहरुसँग जिस्केकै हुन्छ्न । रुपेश उनलाई अरिङ्गाल भन्छन् शंकर पनि रुपेशलाइ अलिङ्गाल भन्छन् । यसरी उनीहरू ठट्टा गर्छ्न । कहिलेकाही रात्रीकालीन बहस जम्दा उनीहरू आफ्नु ठाँउ फेर्ने योजना पनि बनाइहाल्छ्न ।
कहिलेकाही यिनलाई किस्साहरुले हैरान पार्छ । जस्तो –
बानेश्वरमा mcc विरुद्ध आन्दोलन चल्यो । सेतै फुलेको जुँघा शंकरलाई देखेपछि पुलिसले भने – बा देशको स्थिति ठिक छैन । बचेर हिडनुहोला । आन्दोलनको मोर्चामा अग्रपंक्तिमा रहेका दुलाललाई त्यो कुराले तीन दिनसम्म हाँसो उठयो ।भृकुटीमण्डपमा अहिले यो प्रसङ्ग उठछ ।
पोहोर साल दुलालले श्रेष्ठ टेलरिङ्गमा सिलाएको कोट मन्त्रीको जस्तै छ । भृकुटीमण्डपमा सांसद अमनलाल मोदीलाई नचिनेकाहरु शंकरलाई मन्त्रीज्यु नमस्कार भन्दै आउछन् । अनि फ़ेरि हाँसोको फोहरा छुटछ । खासमा शंकर मन्त्री होइन भनेर कयौंलाई भन्नू परेको छ ।
एउटा कुकुर छ भृकुटीमण्डपमा । गेटमा अडिएर त्यसको कान गुमेको छ । कसैले शंकर दुलालसँग चर्को स्वर बोल्दा कुकुरले समेत भुक्ने गरेको छ । केसी थरका एक नेताले शंकरसँग भने – मेरो विरुद्ध कुकुरलाई समेत परिचालन गर्ने ? त्यसपछि नेता केसी पनि हासे नेता दुलाल पनि । आजकाल पाठक कमरेडलाई यो कुरा सुनाए उनी पनि हास्लान ।
अनेकौं किस्साहरु छ्न दुलालका । उसो त काँठ क्षेत्रमा अनेकौं किस्साहरु छ्न । स्वयं दुलाल किस्साहरु संगालेर बाचेका छ्न ।
एउटा किस्सा उनको जिन्दगी पनि हो ।
चुनाव जितेर चाबहिलमा घर बनाउने सपना नभएकैले दुलाल पछाडि परे । कसैले भनेको सुन्छु यो पटक दुलालले जित्नैपर्छ । अबसर एकपटक मात्र आउँछ ।
तर शंकरको साथीहरूको आग्रहलाई हासेरै टारिरहेछ्न ।
मुख्य त कुरा काँठको कथा फेर्नु छ ।
काँठमा जोगमेयर श्रेष्ठकालीन राजनीति चरीत्र कति फेरियो ? राजासँग हात मिलाएर घर फर्केका काँठेहरुको च्यात्तिएको बाहुलाको फेर उस्तै छ नयाँ कोट आयो ?
पुराना कोट लगाएर नयाँ व्यबस्था फर्न हिडेका काँठ्का नौवाजनहरुको सपनाहरू अलपत्र परेकै हुन । जसरी अलपत्रमा छ जनयुद्ध , अलपत्रमा छ दुनियाँ वदल्ने मान्छेहरुको योजना ।
पक्कै पनि दलाल पुजीवादले काँठलाइ फेर्यो । तर मौलिक काँठ अब रहेन । काँठको जग्गा र मौलिकतामाथी दलाल पुजीवादको रजगज छ । त्यस्को साटो एउटा गतिलो बुलेट बाइक चढ्छ काँठ । एउटा मज्जाको टिभि किनेर उनीहरू मन्त्री रामेश्वर फुँयालको तस्वीर हेरिरहेका हुन्छन । आफ्नु जग्गा बेचेर ठमेलतिर कोही काँठे जन नआए पनि हुन्थ्यो । एउटा निस्तो कल्पना बन्छ ।
हो शंकर दुलाल काँठको बदलिँदो कथा बदल्न चाहन्छन । नयाँ कथा बनाउने उनको चाहना छ ।
काँठ क्षेत्रले नारायण ढकालका कथाको पात्र भएर मात्र पुग्दैन।



