बलिप्रथा र विकल्पमा बहस – सुर्यकुमार घिसिङ


सर्वप्रथम बलि शब्दवारे चर्चा गरौं । नेपाली शब्दकोष एप्समा बलि शब्दको अर्थ यसरी लगाइएको छ – “बलि”: “ना० – [सं०] १. देवदेवतालाई अर्पिने भोग्य वस्तु; नैवेद्य। २. देवतालाई भोग दिइने पशुपन्छी। ३. भोजन गर्नुभन्दा पहिले देवपितृका उद्देश्यले चढाइने अन्न; औसानी। ४. पूजा, होम आदिमा क्षेत्रपाललाई चढाइने अन्न। ५. पञ्च–महायज्ञमध्ये एक भूतयज्ञ। ६. भूमिकर; मालपोत। ७. पेटको लुँदाका बीचको रेखा। ८. पुराणप्रसिद्ध दानी दैत्य राजा।”
पूर्वीय दर्शनमा बलि प्रथाको अनेकौं चर्चा छ । हिन्दु धर्म र विशेषगरि शक्तिपिठहरुसँग जोडेर बलिको चर्चा गरिन्छ । नेपाली समाजमा दशैको समयमा बलि प्रथाको चर्चा हुन्छ ।
पशु हिंसालाई मन नपराउनेहरुले पशु बलिको बिरोध गर्ने गर्छ्न । नेपाली शब्दकोषमा भने जस्तै बलिलाइ देवदेवतालाइ अर्पिने भोग्य वस्तु हो भन्ने बुझाइ रहेको छ । प्रतिकात्मक रूपमा बलि पशु बलि मात्र होइन । जस्तो कुभिण्डो , केरा , नरिवल आदीलाइ पनि बलिको रूपमा प्रयोग गर्न सकिन्छ । बुद्ध धर्ममा पशु बलिको चर्चा कमै हुन्छ । मरेका / मारिसकेका पशुपन्छीको मासु खान बाधा भने छैन ।
कतिपयले बलिलाइ पशुपन्छीलाई काटेर दिने बलिको रूपमा मात्र बुझ्छ्न । चन्दन, अक्षता, फूल, पञ्चामृत र पायसले पूजा गर्न सकिन्छ । यो सात्त्विक बलिको विधि हो । सात्त्विकका साथै पशुपक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने विधिलाई राजस बलि भनिन्छ ।
अहिलेको जमानामा मलाई चाही चन्दन , फूल , पञ्चामृत र पायसको माध्यमबाट दिइने बलिलाई मान्यता दिनुपर्छ जस्तो लाग्छ । बलि भनेको प्रतीक हो । पशुपन्छीको मात्र बलि दिनुपर्छ भन्ने छैन । यस्ले सकारात्मक सन्देश पनि बन्छ । संस्कृतिको निरन्तरता पनि हुन्छ । बुझाइ र पद्धति आ आफ्ना होलान् ।
कहिलेकाही हामीले गहिराईमा जादैनौ । समाजमा चलेको परम्परालाई नक्कल मात्र गर्न खोज्छौ । एउटा सानो प्रसङ्ग राख्छु । मेरो बौद्ध दर्शनको संक्षिप्त चर्चा नामक किताब प्रकाशित छ । उक्त किताबमा बौद्ध समुदायमा देवीहरुबारे आनन्दमुर्तिको बिचारबारे लेखमा बज्रयानमा नरिबल बलि दिने चलन पनि थियो रे । बज्रयानीहरु देविदेवतालाइ खुशी पार्न नरिवलको बलि दिन्थे रे मा कम्युटर टाइप गर्दा नर मात्र टाइप भइ प्रकाशित हुन गयो । कोभिडको समयमा हतार गर्दाको शुद्धाशुद्दीमा ध्यान कम भएकोमा महसुस गरे । एकजना मित्रले भन्नु भयो तपाईंको पुस्तकमा एक दुई ठाउँमा मिस्टेक भएछ , सच्याउनु होला । थोरै प्रती प्रकाशित भएकोले सच्याए । केही प्रती बजारमा गयो । सच्याउन पाइएन । यहि लेख मार्फत पनि पाठकहरुलाइ यो अशुद्धता बुझी माफी गरिदिनु हुन अनुरोध गर्छु । ७७ पेजमा असाध्यै बिश्वासमा हुनुपर्नेमा अन्धविश्वाससमेत भएछ । त्यो सच्याएको छु । किताबको प्रसङ्ग जस्तै समाजमा शुद्धताको कहिलेकाही कमी हुन्छ । संस्कृतिमा पनि त्यस्तो हुन्छ । यो कुरालाई अगुवाहरुले बुझ्न पर्छ ।
मैले राख्न खोजेको कुरा के हो भने संस्कृति परम्परा बिस्तारै परिवर्तन हुँदै जान्छ । प्रयोग गर्दा त्यो बदलिन सक्छ । जस्तो सादा कापीमा डिक्का नदिइ लेखिएको अक्षर टाइप गर्दा शब्द छुटे जस्तै समयक्रममा संस्कृतिको स्वरुपमा परिवर्तन आउँछ ।
हामी केटाकेटी हुँदा दशैमा मासुको महत्त्व थियोे । दशै भनेकै मासु खाने पर्व थियोे । बुझ्दै जाँदा दशैमा बलि दिने चलन हुदोरहेछ । कुभिण्डोलाइ समेत बलि दिन सकिने शास्त्रीय ब्याख्याहरु भेटिन्छ्न ।
पुर्वीय दर्शनमा नरबलिलाइ समेत प्रतीकको रूपमा हेर्न सकिने विभिन्न लेखक र संस्कृति विदहरुको धारण रहदै आएको छ । यस बलिको सट्टामा गेडागुडी देविदेउतालाइ अर्पण सकिने बताइएको छ । यो खालको बलि लोक किबदन्ती इतिहास भइसकेको छ । यता नजाउ ।
सकेसम्म हामीले शाकाहारी भोजन गर्न सके राम्रो कुरा हो । प्राकृतिक जीवनशैली र भोजनको महत्त्व आध्यात्मिक र भौतिक दुबैका लागि मान्य कुरा हो । पशुपन्छी बध गर्दा पनि उनीहरूलाई कम दु:ख दिनुपर्ने हुन्छ । बलि प्रतीक भएकोले पशुपन्छीलाई नै बलि दिने कुरामा सोच बिचार गर्न सकिन्छ । शास्त्रीय आधार खोज्दा पनि पशुपन्छीलाइ बलि नदिए पनि हुने विकल्प भेटिन्छन् । ती विकल्पलाई जोड दिउ ।
मासु खाने प्राणीको रूपमा मानिसलाई लिइन्छ । यसैले तत्काल नै मासु नखाने अभियान चलाउन सकिदैन । धार्मिक , सांस्कृतिक रूपमा प्रचलित बलि प्रथामा बिचार गर्न सकिन्छ । अलि पहिला विद्यार्थीहरुले समेत परेवा , कुखुरा भाकल गर्ने गरेका हुन्थे । आजकाल सूचना प्रबिधिको बिकासले यस्तो पद्धति कम भएको छ । शाकाहारी विद्यार्थीहरु बढेका छ्न । समय क्रममा हाम्रो धार्मिक सांस्कृतिक मान्यतामा फेरिदै जानेछ्न । आजको सूचना प्रबिधि युगमा यो सम्भावना पनि छ ।
नेपाली समाज भनेको भाइचारामा बिश्वास गर्ने समाज हो । हामी पशुपन्छीलाइ असाध्यै माया गर्छौ । साना पाठापाठीसँग खेल्दै हुर्केका हामी पशुपन्छी मैत्री छौ । कोहिलीको कुहुकुहुले हाम्रो मन छुन्छ । ग्रामीण भेगमा कुकुर बिरालो पाल्ने संस्कृति पुरानो हो । शहर बजारमा पनि यो खालको संस्कृति रहदै आएको छ । पछिल्लो समय झन कुकुर पाल्ने संख्या बढेको छ । बुद्धले सबै प्राणीको हित सोचेका छ्न । प्राणीहरुको हित चाहने मनुष्य सर्वश्रेष्ठ हो।
म फ़ेरि पनि भन्छु । मासु खाने बानी लागेकाहरुले खान सक्नुहुन्छ । पशुपन्छीलाई बलि नदिने तरीकाबारे सोच्न जरुरी छ । धार्मिक / सांस्कृतिक नाममा हुने बलि प्रथालाई हटाउदै जाउ । समाजमा सकारात्मक बिचारको प्रवाह गरौं । एउटा सकारात्मक मान्छेले समाजको लागी धेरै दिन सक्छ । एउटा सकारात्मक वस्तिले एउटा देश वनाउन सक्छ । आफुले आफैले चिनौ ।

यसमा तपाइको मत