उच्च अंकले वृद्धि भयो नेप्से परिसूचक

- सुर्य कुमार घिसिङ



काठमाडौं जेठ ९ । शेयर कारोबार मापक गर्ने नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलब ६३ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।
ठूला कम्पनीको सेन्सेटिभ परिसूचक आठ दशमलब ८५ अङ्कले बढेर तीन सय ६७ दशमलब ७४ मा पुगेको छ ।

कूल ६० लाख ६७ हजार चार सय ३२ कित्ता शेयर रु दुई अर्ब २० करोड २३ हजार नौ सय ४५ मूल्यमा खरिद बिक्री भएको जानकारी प्राप्त भएको छ । कारोबारका आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा छ । यस कम्पनीको रु १० करोड पाँच लाख १५ हजार चार सय ३९ मूल्य बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु आठ करोड ९९ लाख २७ हजार नौ सय ४५, एनआइसी एशिया बैंक रु सात करोड २३ लाख ६१ हजार दुई सय १३, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रु सात करोड १९ लाख ९७ हजार दुई सय ३३ र हिमालयन डिस्टिलरी रु छ करोड ७९ लाख छ हजार तीन सय ७५ बराबरको कारोबार भएको छ ।

यसमा तपाइको मत