कविला जाती र अछुत सम्प्रदाय प्रतिको नीति


आज हाम्रो देशका कविला जाती र अछुत संप्रफायपनी उत्तरोत्तर जनवादी आन्दोलनमा सरिक हुँदै छन।पार्टीको तेश्रो ऐतिहासिक सम्मेलन पछि हामी किसानको विचमा जानू पर्दछ र स्थानीया पार्टी नेतृत्वको विकास गराउनु पर्दछ भन्ने सोचाई हाम्रो पार्टीमा आउन थालेको छ ।आमजनता र सामन्ती शासक वर्गको बीचको अन्तर विरोध नै आज देशको मुख्य अन्तर विरोध भएकोहुँदा कविलाजाती र अछुत समोरदायलाई पनि जनवादी आन्दोलनमा सएइक गराउन अति आवस्यक छ। यस्तो नीतिले किसानको वर्गीय संघर्ष र जनवादी आन्दोलनलाई संयुकत रुपले अगाडी बढाउन पार्टीलाई बल मिल्दछ।
देशमा सामन्तवादको उदय भए देखि अर्थात मानदेव प्रथमको पाला देखि यी जातिहरुको जुन आर्थिक राजनीतिकर सामाजिक शोषण हुँदै आएको छ त्यो आज सम्म कायमै छ।यो घटनुको बदला बढदो छ।यी जातिहरुलाई हमेसानै पाखे जाति कोरुपमा शासक वर्गले व्यवहार गर्दै आएको छ। नेपालको तल्लो दर्जाको जातिको रुपमा !व्यवहार गर्दै आएको छ।हाम्रो देश कृषि प्रधान हुनुको साथै बहु कविला जातीय देश पनि हो। आजाऐइ शासकवर्गवाट उनीहरुको संख्या कम देखाउने नीति निर्देशन पनि हुन थालेको छ।
सामन्ती शोषणको फलस्वरुप उनीहरुको आर्थिक स्थिती चौपट्ट हुन थाले पछि नेपालका राणा शासकहरुले अग्रेजी साम्राज्यवादलाई “गोर्खा पल्टन”खडागर्मे इजाजत दिई प्रसस्त मात्रामा धन कमाएका थिए।अध्यापी त्यो चलन छदै छ।आज विदेशी नेपालीहरुमा उनीहरुको सँख्य कम छैन।त्यसैले अग्रेजी साम्राज्यवादको सेवामा लाग्दा बाहादुर भनी सम्मान गरे तापनी उच्छ ओहदाको पदवी उनीहरुलाई दिइन्नथ्यो।यस्तो चलन विदेशी साम्राज्य वादले मात्र गरेको हैन।हाम्रै देशमा यो पनि चलनछ। नेपालको पुलिस र फौजमा विशेष गरि कविला जातिवाट नै भर्ना गरिएको छ तर ठुला ठुला पद हरुमा शाज र राणा आदि नै छन।हाम्रो देशको सामन्ती शासक वर्गले आफ्नो प्रशासनिक इकाई निर्माण गर्दा कविला जातिहरुलाइ टुक्र्याइ कमजोर गर्ने नीति लिदै आएको छ।आज पनि सर्कार्को नीति उनीहरुलाई शिक्षावाट बंचित गर्ने नीति भएर आएको छ।आज देशमा जुन स्कुल कलेजहरु खुल्दै छन तिनीहरु अधिकाँश रुपले कविला जातिहरुलाई पाई नपर्ने ठाउँमा छन।
हाम्रो देश जीवित बस्तु निकासी गर्ने सायद विश्वमा एकमात्र देश होला ।जेवित बस्तुपनी कविला जातिले नै तयार गर्दछ यसरी जीवित वस्तु निकासी गरि कमाएको विदेशी मुद्रा उनिहरुको निम्ति खर्छ नभई सामन्ती शासको वर्गकोनिम्तिनै खर्छ गरिन्छ।
हाम्रो पार्टीले कविला जातिको आर्थिक राजनैत,सामाजिक र साँस्कृतिक आन्दोलनलाई देशको किसान र जनवादी आन्दोलन सँग तालमेल बैठाई संयुक्त रुपले अगाडि बढाउने नीति लिनु पर्दछ। यो नीति देशको राष्ट्रियतालाई खदिलो र दरिलो पार्ने एक मात्र नीति हो।
हाम्रो देशको एक विशाल जनसंख्यालाई “अछुत”को रुपमा मानिन्छ र उनीहरुलाई तल्लो दर्जाको नागरिकको रुपमा व्यवहार गरिन्छ।यो पनि हाम्रो देशमा सामन्ती शोषणको नै फल हो। हाम्रो सामाजिक व्यवस्थामा छुवा-छुतको कुनै स्थान थिएन।देशमा सामन्ती शासनको उदएपक्झी जुन वर्णाश्रम धर्मको पनि उदय हुन थाल्यो र सन १३८१मा जयस्थिती मल्लले औपचारिक रुपवाट बर्णाश्रम धर्मको घोषणा गरि अछुत सम्प्रदाय श्रीष्टि गरेका हुन।यो व्यवस्था आजपनी काएम नै छ।
राणा शासनको अन्त्यपछी हाम्रो पार्टीले अछुत जनता प्रति आफ्नो नीति तय गरि उनीहरुलाई संगठित गरि सँघर्षमा उतार्ने नीति लिएको हो। उनीहरुको सँख्या देशको कुनाकाप्चाको साथै सहर बजारमान्पनी भएको हुँदा उनीहरुलाई संगठित गर्न त्यति गाहारो पनि भएको थिएन।उनीहरुमा उत्पन्न भएको जागृतिले गर्दा सरकारले कानूनवाट छुवाछुत हयाउन वाद्य भए तापनी समाजमा यो ठूलो अभिसापको रुपमा मौजुद नै छ।आज देशमा देखा परेका “अछुत” संप्रदाएका नेताहरु अधिकाँस सरकारी प्रलोभनमा फसिसकेका छन र प्रशासनको भरौटेको रुपमा काम गर्दै छन।
क पुष्पलाल(चतुर्थ सम्मेलनको राजनीतिक प्रतिवेदन वाट)

यसमा तपाइको मत