ज्योतिषशास्त्रमा शनिको प्रभावबारे छोटो जानकारी – ज्योतिष सन्देश अर्याल

- ज्योतिष सन्देश अर्याल


यदि कुनै मानिसको जीवनमा घरको सुख छैन र काममा पनि सुख पाएको छैन । मतलब घर पनि छैन र बेरोजगार छ या काम गरे पनि मजदुर लेबरको काम गर्दै छ भने त्यो मानिसको कुन्डलिमा शनि ग्रह खराब हुनु भएको छ ।

यदि कसैको अलि अलि शनि खराब भए घर र काम मध्य कुनै एक को सुख पाउदैनन जातकले ।
शनि खराब भए automatically शुक्र ग्रह बाट जुन सुख पाउने हो त्यसबाट पनि बन्चित हुन्छन मानिस । अर्थात शुक्र भनेको luxurious life .

अर्को कुरा राहु र केतु शनिको अन्डरमा काम गर्छन अर्थात शनिले जे भन्नू हुन्छ त्यसैलाई मान्छन , हुन त राहु र केतु अलग अलग कारक तत्व भएको बिपरित ग्रह हुन तर शनि यी दुबै ग्रहको मालिक हो ।

यहाँ बिचार गर्नु पर्ने कुरा के छ भने यदि कसैको कुन्डलिमा शनि ग्रह खराब छ भने त्यो मानिसको जीवन मा श्रीमतीको सुख, घरको सुख पाउदैनन साथमा रातदिन रक्सी खाने बिनाकारण दिनभर घरबाट बाहिर गाउँमा लखर लखर हिड्ने उटपट्याङ काम गर्ने हुन्छन जसको कुनै अर्थ नै छैन ।

शनि खराब भएमा त्यो मानिसमा जसको शनि खराब छ, त्यसले धैर्य गर्न सक्दैन , र त्यसमा अहम ( अंह ) पनि हुन्छ ।
सामान्य हिसाबले जुन मानिसमा धैर्य छैन र अहम छ त्यसको शनि खराब छ र शनिको कारण शुक्र, राहु र केतु सबै खराब भएका छन ।

यो एउटा साधारण नियम मात्र हो , कसै कसैको कुन्डलिमा अझै यो भन्दा धेरै समस्या हरु पनि देखिन्छन जस्तै: घरमा पालेको जनावर मर्नु या चोरी हुनु, घरमा सधै झगडा हुनु , रक्सी छोड्न नसक्नु

बरु श्रीमती छोड्न तयार हुनु , घर गाडीको सुख नपाउनु , आफुले मेहेनत गरे अनुसार कामको पैसा नपाउनु, जति खेर पनि hard work मात्र गर्न खोज्नु – Smart work मा believe नगर्नु , इत्यादि ।

जुन मानिसको शनि मजबूत छ त्यो मानिस ठूलो व्यापारी हुन्छन , तिनिहरुको अन्डरमा नोकर हुन्छन ।
यदि कसैको शनि राम्रो छ , सबै कुराको सुख छ भने जान्नी भएर शनिको समान दान गर्न हुदैन किनभने दान गर्दा शनिको सुभ फल पाईदैन र असुभ फल पाईन थाल्छ :

जस्तै – तोरीको तेल, फलाम, कालो कपडा आदि !

धन्यवाद –

यसमा तपाइको मत