
धादिङ जन्मेर परदेशको भुमिमा गैर आवसीय नेपाली अभियन्ताको रूपमा परिचित कृष्ण तिमल्सेना समाजसेवी , मृदुभाषी र सालीन व्यक्तिको रूपमा चिनिन्छ्न । गैर आवासीय नेपाली संघको निर्वाचनमा हाल सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएका तिमल्सेना गैर आवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वमा पुगेपछि आर्थिक पारदर्शितालाई ध्यानमा दिदै नेपाली र नेपालीत्व भन्ने भावना जोड दिने बताउँछन् । उनी भन्छन् – `म निर्वाचित भएपछि गैर आवासीय नेपालीहरुको गरिमा उच्च बनाउन लाग्नेछु । संस्थालाई सामाजिक हितको ढाँचालाई ढाल्न मेरो प्रयास सधैं रहनेछ । आम गैर आवासीय नेपालीहरुको साझा संस्था एनआरएनए सामुहिक सहकार्य गर्नेछु । ´
उनले सामाजिक संजालमा लेखेका छ्न – `आदरणीय एनआरएनए अभियन्ता तथा डेलिगेट्सज्यूहरु शुभप्रभात !
जारी निर्वाचनमा जसले मतदान गरिसक्नु भयो र मलाई सहकोषाध्यक्षमा अमूल्य मत दिनुभएको छ, उहाँहरूलाई विशेष धन्यवाद । अझै नेपाली समयअनुसार रातिसम्म मतदान हुने जानकारी गराउँदै मलाई अमूल्य मत दिएर विजय गराइदिनु हुन विनम्र अनुरोध गर्दछु । मैले यसअघि गरेको बाचा अनुसार काम गर्दै यहाँहरूको मतको पूर्ण कदर गर्ने पुनः प्रतिबद्धता जनाउँछु ।
कृष्ण तिमल्सेना
सहकोषाध्यक्षको उम्मेदवार



