सुदुरपश्चिम नेपाली समाज साइप्रसको अध्यक्षमा रमिता चन्द रितु चयन , पन्ध्र सदस्य कार्यसमिति


सुदूरपश्चिम नेपाली समाज साइप्रसको दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट रमिता चन्द रितुको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन भएको छ । तीनजनाको सल्लाहकार समिति पनि चयन भएको छ ।
अधिबेशनमा अथितिहरू सुबास मल्ल , केशब ठकुरी ,गैर आवाशिय नेपाली संघ साइप्रसका महासचिब धातानन्द पाण्डेय लगायतले शुभकामना दिएका थिए ।
सुदूरपश्चिम नेपाली समाज साइप्रसको दोस्रो अधिबेशनबाट नयाँ कार्यसमितिमा अध्यक्ष रमिता चन्द रितु ,उपाध्यक्ष श्याम खड्का , उपाध्यक्ष कमल सिङ ठकुरी ,महिला उपाध्यक्ष सिर्जना खड्का , महासचिब अंकुश खड्का ,सचिब जित रावत सह सचिब हस्त शाही ठकुरी ,महिला प्रतिनिधि गिता शाही ठकुरी ,कोषाध्यक्ष राजेन्द्र साउंद , सदस्यहरुमा चेतन चन्द, बिनय गिरी ,दिपक मडै ,मान बोहरा ,मनिस खड्का ,लोकेश भण्डारी रहेका छ्न ।प्रमुख सल्लाहकारमा सुबास मल्ल ,केशब चन्द ठकुरी डम्मर खड्का चयन भएका छन ।
नव निर्वाचित अध्यक्ष रमिता चन्द रितुले सुदूरपश्चिम नेपाली समाज साइप्रस सबैको भावनालाई कदर गर्दै अगाडि बढ्ने बताइन ।
उनले अगाडि भनिन – `सुदूरपश्चिमको मौलिकता र संस्कृतिको जगेर्ना गर्नको लागि बिभिन्न कार्यक्रम गदै जाने छौ । सुदूरपश्चिमका पिछिडिएका ठाउँका बालबालिकाहरुका लागि सकेको सहयोग गदै जाने योजना छ । सुप क्षेत्रका कला, संस्कृति संरक्षणको लागि पनि पहल योजना छ ।

यसमा तपाइको मत