कथा –   सपनामा संवाद गरिरहेका बिभुतिहरुसँग

- मनिता रेग्मी,               बेल्कोटगढी -२,नुवाकोट


विद्यार्थी आन्दोलन तिब्र भएको थियो । भिड जिन्दावाद र मुर्दावादको चिच्याहट गरिरहेको थियो । म पनि भिडसँग स्वर मिसाउदै भिडसँगै नारा लगाइरहेका थिए ।
अनायास मेरो अगाडि अन्जान मानव आकृति देखापर्यो । बाटो छेकेर ठिङ उभियो त्यो आकृति । म झसङ्ग झस्किए । त्यो मानव आकृतिलाइ नियालेर हेर्न थाले । आकृतिले खैरो दौरा सुरुवाल , ढाका टोपीसहित सेतो पटुकीमा खुकुरी घुसारेको थियो ।  एक मुठी बाक्लो सेतो जुँगाले गर्दा उ ठाटिलो देखिएको थियोे । पहिला पनि देखेको जस्तो लाग्यो , ठयाक्कै ठम्याउन नसक्ने त्यो आकृति देखेपछि म अचम्मित भए । जिन्दगीमा यस्तो अचम्मित कहिलेकाही मात्र भइन्छ ।
त्यो आकृतिको मानिसलाई  धकेल्दै म अगाडि बढे । आन्दोलन सफल बनाउनु थियो । भिडका साथीहरु सडकभरी टायर बाल्दै थिए । आन्दोलन सघन भएको थियो । सडकको छेउमा लामो दारी , एउटा बाहुला च्यातिएको मैलो कमिज लगाएको मानिस देखा परे । उनले लगाएको सुरुवाल ठाउँ ठाउमा प्वाल परेको थियो । उनले कागज बोत्तलको पोको बोकेका थिए तर आन्दोलनका लागी अनावश्यक मान्छ थिए , उनी । उनलाई कसैले चासो दिइरहेको थिएन । सडकमा मुर्दावाद र जिन्दावादको नारा झन घन्केको थियो ।
टायर बाल्दै गर्दा प्रहरी र विद्यार्थीहरुको दोहोरो भिडन्त सुरु भएको थियो । कुदाकुद सुरु हुन थालेको थियो । छेउको बसेको उक्त मानिसलाई कसैले मतलव नै नगरी कुदाकुद गर्दै थिए । उक्त मानिस आफ्नु ज्यान बचाउन खोज्दै थियो , तर आन्दोलनकारीले उनलाई कुन्चिसकेका थिए उनी अचेत भएको थिए । मानिसहरू उनलाई म पनि बेवास्ता गर्दै दौडिरहेका थिए ।
म पनि अलि अगाडि पुगिसकेको पुगीसकेको थिए ।   मेरो अगाडि उहीँ पुरानै आकृति आएर उभियो। जुन आकृती वा मानव उनै थिए ।
उनले नेपाली पोसाक लगाएको थिए । उनले मलाई भन्दै थिए – `के यहि हो मानवता , के यहीँ हो देशभक्ति ? ´ उनले झसङ्ग झस्किएका थिए । म बेवास्ता गर्दै दौडिदै थिए । उक्त मानिसले मलाइ पछाउँदै खेदिरहेको थियो ।

जताततै बलात्कार ,चोरी ,भाइभाइबिच झगडा चलिरहेको थियो ।समय कठिनतम मोडमा थियो । मलाई त्यो   मान्छेबाट बच्नु थियो , त्यसैले  दौडिरहेको थिए । एउटा मोडमा आयो त्यहाँबाट अघि बढने ठाउँ नै थिएन । म भारतले तार जाली लगाइदिएको ठाउँमा पुगेको थिए। अर्थात् म सिमानामा पुगेको थिए ।
त्यो मानिससँग माफी नमागी मलाई सुख थिएन बच्ने अर्को कुनै उपाय पनि थिएन,ज्यान बचाउन कै लागि भए पनि,म त्यो मानिसको अगाडि दुबै हात जोडेर पाउ परे । आकृति मेरै नजिक आए। उनले मलाइ कठालामा समातेर उठाए र सोधे “किन यो भन्दा अघि बढ्न  सकिनस ? किन नभाग्न सकिनस “?
म कापेको स्वरमा भन्न लागे “मेरो नेपाल यति हो भाग्ने ठाउ नै छैन यो भन्दा अगाडि” ।
राता आँखा पार्दै चिच्याएर भने “यति हो हाम्ले छोडेको नेपाल”? म थरर कापे उनको चिच्याइसँग डराएर म नम्र हुँदै भने हजुर को हो र ?उनले भने – म पृथ्नारायण शाह हुँ ।
यति भन्दै गर्दा उनको  चिचाहट सुनेर त्यहा धेरै मानिस भेला भैसकेको थिए । सबैले उस्तै पोसाक लगाएका थिए । सबैको कम्बरमा लामो खुकुरी थियो । मानौ उनीहरु सबै लामो र ठूलो युद्ध  खेलेर हारेर आएका हुन ।  उनीहरूको अनुहार निराशाले भरिएको थियो । म उनिहरुको अगाडि नतमस्तक भएको थिए । म पृथ्वीनारायण शाहलाई भनिएका मानिसलाइ हेदै थिए । म बर्ष एकपटक पृथ्वीनारायण सालिक माला लगाउन पुग्थे । म सालिकसँग तुलना गरेर टोलाउदै रहेछु । उक्त मानव सालिकका पृथ्वीनारायण शाह जस्तै थिए ।
आकृतिले मलाई सोधे -नानी तिमिलाइ बिस्वास लागेन ? मैले झस्किदै अ….अ..होइन,भने । अनि सोधे उहाँहरु चै? उनले भने – उहाँहरुभक्ती थापा , बहादुर शाह,बलभद्र कुँवर ,कालू पाण्डे,दामोदर पाण्डे,अमर सिह थापा हुनुहुन्छ । म झसङ्ग भए , सतर्क भए । क्रमशः सबैलाई नमन गरे ।  मलाई ज्यादै धन्य भएको महशुस भयो ।मैले हजुरहरुलाइ भेटी धेरै धन्य भएको बताए ।
मेरो बोलीलाई बेवास्ता गर्दै  सबैले  एक साथ फेरि सोधे हामिले छोडेर गएको नेपाल यति मात्र कसरी हुन सक्छ ? मैले डराउदै सोधे – `हजुरहरुले निर्माण गरेको नेपाल यत्ति होइन र ?´ फेरि भक्ती थापा जोडले कराए । कस्लाइ बेचिस अरु ?हाम्ले छोडेको पुरै नेपाल खोइ?
मैले भने अहिलेको नेपाल यति मात्र हो हजुर । बाँकी यहाँका शासकहरुले बेचिसके । फेरि बहादुर शाह जङगीए हामी त पुराना स्मृति मात्र हौ,देश माथि घात हुदा नि तैले किन रोकिनस?हामीले ज्यानको बाजी लगाएर तरवार,ढाल,गुलेली,ढुङ्गामुढा,खुकुरीको भरमा बैरीसँग लडेर
जोगाएको देश हो यो। भनिदेउ तिम्ले तिम्रा घाती शासकहरुलाइ देश बिगार्नी अधिकार तिमीहरुलाई छैन भनेर। फेरि केही देखाउन थाले कालू पाडे र भन्न थाले नानी यो मेरो देश जहा  बलभद्र कुँवर खलंगामा खुलकुरी नचाउदै बनाएका हुन ।
नेपाली महिलाहरुले चिटको सारी र मखमली चोलीमा थिए ।उनले सबै मिलेर बसेका नेपाली अनि टिस्टा काङ्गडासम्म फैलिएको नेपाल देखाए। म लज्जाबोधले टाउको निहुराउन बाध्य भए ।
अमरसिंह भन्दै थिए – `नेपाल र नेपालीसँग कहिल्यै पनि केही मागेनौ । बस आज माग्दै छौ  हाम्रो नासो ,हामीले जस्तो छोडेको थियौ त्यहीँ र त्यस्तै नेपाल चाहिन्छ ।
हो हो हो चाहिन्छ । म कराउँदै थिए । उज्यालो हुँन लाग्दै थियो । बाबाले सोध्नु भयो । के भयो नानी , डरलाग्दो सपना पो देख्यौ कि ?

यसमा तपाइको मत