
मुक्तक १
बाँचुन्जेल आँसु बर्सिन्छ पिर बर्सिन्छ
खोटो निधारअनि खोटै तक्दिर बर्सिन्छ
जिउँदो हुँदा धारिलो वचन लगाउने,
मरेपछि पानी, माला, अबिर बर्सिन्छ ।
मुक्तक २
कलियुगमा सत्यको हार कस्ले देख्छ र ?
हरेक समय हरेक बार कस्ले देख्छ र ?
भन्न त सजिलै छ पुरुष प्रधान देश भनि,
पुरुष माथी नै अत्याचार कस्ले देख्छ र ?
मुक्तक ३
गरिबीको नदीबाट पारी तर्न अवसर पाईदैन
उकाली अनि ओराली झर्न अवसर पाईदैन
मन थामेर परदेश जानू बाहेक बिकल्प छ के,
आफ्नै देशमा केही काम गर्न अवसर पाईदैन ।
मुक्तक ४
संसारको सबै अग्निको राप उस्लाई हुने छ
हीरा छोडि सुन रोज्नुको पाप उस्लाई हुने छ
अब म जिन्दगीलाई यस्तो बनाउदै जानेछु,
मलाई नचिन्नुको पश्चताप उस्लाई हुने छ ।
सपना कुँवर
धादिङ



