नानीले भोगेको पिडा

- मनिता रेग्मी,          बेलकोटगढि-२,नुवाकोट



हामी दिदीभाइमा मात्र २वर्ष को फरक थियो । सानो भन्दा सानो कुरामा झगडा गर्थियो , हामी । यसरी झगडा गर्दा म आफै निहुँ खोज्थे । खोइ बाबा ममी सबैले दिदिलाइ नानी भनेकोले होला म पनि दिदीलाई नानी नै भन्ने गर्थे । निहुँ सधै मैले नै खोजेको हुन्थे , नानी ले गाली गर्थी कहिले त कुट्थी पनि अनि म नदुखे पनि दुखेको नाटक गरेर ममिलाइ कुरा लगाउथे ।
आफूभन्दा सानो भाइलाइ किन कुट्छेस भन्दै ममीले नानीलाइ गाली गर्नु हुन्थो। यसै त नानीलाई रुन केही निहुँ चाहिदैन थियो त्यस माथी ममीले गाली गरेसी के चुप बस्थी। नानी  रुन थाल्थी म नजिक गएर मुसुमुसु हास्दै ममीले नदेख्नी गरि दुबै कुम हल्लाउँदै जिस्काउथे। नानी झन बेस्सरी रुन्थी। कहिले काहीँ भने आफूले झुटो आरोप लगाएर  उसले रुनु परेकोमा पछुतो पनि लाग्थो।तर हामी बाबा ममी नहुदा भने सारै मिल्थियौ ।
मेरो मिल्ने साथी भनेपनि दिदी भनेपनि नानी नै थिइ। बाबा ममीलाई भन्न नसकेको कुरा म नानीलाइ नै भन्थे । ठुलो भैसक्दा पनि  एउटै प्लेटमा खाना खान्थियो ।
समयसँगै छुट्टीएर बस्न बाध्य भयौं हामी । नानीको नि बिहे भएर गरेर गइ । नानीको बिहेपछी घर साह्रै शून्य भयो । एक्लो महसुस भयो । म जापान तिर लागे ।
दिदीभाइको भेट नभएको पनि ६ वर्ष  भैसकेको थियो। एउटा भान्जो र एउटा भान्जी  पनि भइसकेको थियो । भिनाजु र भान्जाभान्जीसँग नि दिनहु भिडियो कल त हुन्थो ।
मामाको लागि भान्जाभान्जी साह्रै प्यारा हुदारहेछन । ६वर्ष पछि म घर फर्किए । २दिन घरमा बसे । नानीको सारै याद आयो । भान्जा भान्जीको पनि याद आयो ।
नानी भान्जाभान्जी र भिनाजुको लागि पनि गिफ्ट तयार गरेर हिडे। नानीलाई सप्राइज दिन्छु भनेर फोन पनि गरिन।करिब 1बजे तिर म नानीकोमा पुगे । गेट खुल्लै रहेछ । सरासर घर भित्र पसे तर भिनाजु बेस्सरी कराउँदै  गरेको सुने । एकैछिन बहिरै उभिए । भिडियो कल गर्दा त सधै दुबैजना निकै खुसी देखिन्थे ,तर आहिले के भयो होला? तेस्तो यी दुइको बिचमा , नानीले केही गल्ती गरि होला ? श्रीमान, श्रीमतीबिच सानो तिनो झगडा त भइ हल्छ नि सोच्दै थिए तर भिनाजुले हातै उठाएको सुनेपछी म सहेर बस्नै सकिन ।
म त्यँहा पुग्दा तीन चड्कन त कुटिसकेका थिए । मलाइ देखेपछी भिनाजु डरले निलो-कालो र बहिर निस्किए । नानी मलाई अंगालो मारेर खुसी र पिडाको आँसु एकैचोटि बगाउन थाली । मैले यो झगडाको कारण के हो भनेर सोधे ।नानी रुदै भन्न थाली समयमा घरमा आउनु हुन्न।कहिले त २-३दिन नै आउनु हुन्न । आज पनि तीन दिनमा घर आउनुभयेको हो ।

आज कहाँ जानू भएको? किन यतिका दिन घर नआउनु भएको ?हजुरको बहिर अर्कै केटी छ भनेर गाउँभरि हल्ला छ के हो कुरा? यति मात्र सोधेकी हु मैले ।नानीले यति भनेसकेपछी म छागाबाट खसेजस्तो भए ।
प्रेम बिवाह गरेकी नानीको पनि यस्तो भएपछि……अन्जानहरु सँग बिवाह गरेको महिलाको हालत झन के होला?यति भनिसकेपछि म बहिर निस्किए । भिनाजु कता हिडिसक्नु भएछ पत्तो भएन ।
मैले नानीलाई भने -` तँ किन यसरी सधै सहेर बसेकी ? पढेलेखेकी छेस केही गरेर खान  र यी दुईवटा  बच्चा पढाउन सकिहाल्छेस नि । यसरी हिंसा सहेर कति दिन बस्छेस ? हिंसा सहनु पनि अपराध नै हो । उतै बाबा मामी सङ् बसेर केही गर । म छु त किन चिन्ता गर्छेस।म हेरि हाल्छु नि दुख ,सुखमा ।´
तर नानी भन्छे -`होइन छोराछोरीको लागि भए पनि म सहेर बस्नैपर्छ। बाबू जे भएपनि समाजले दोष पहिला नारी कै देखाउँछ। दाग पाइन्टमै लागेपनी दोष पहिले सारीकै देखाइन्छ ।´
म भन्छु-होइन नानी तँले उसैको लागि आफ्नु जन्म घर ,जन्मदै पाएको थर छाडेर उसको घर र थर अंगालिस,आफ्नु आफन्त छोडेर उसकालाइ सँगालिस। तर यसको परिणाम के पाइस । यहि सधैको दुर्ववहार , कुटपिट होइन। ´
त्यसैले यस्तो सहेर बस्नु हुदैन ,जति सहेर बस्यो त्यति हेप्दै जान्छ्न भन्दै गर्दा भान्जा भान्जी पनि स्कुलबाट आइपुगे । मलाइ देखेर निकै खुसी पनि भए । दुबैलाई गिफ्ट र चक्लेट दिए ।३दिनसम्म त्यो घरमा भिनाजु आउलान र केही सल्लाह गरम्ला भनेर कुरेरै बस्यौ ,भिनाजु फर्केनन ।
नानी र भान्जा भान्जीलाई अहिले बाबा-ममीसँग राखिदिएको छु ।नानी अहिले  महिला हिंसा अन्त्य गराउन विभिन्न आइ एन जि यो मा संलग्न भएर काम गर्छे ।
महिला हिंसा सहेर नबसौ । हाम्रा दिदी बहिनी जोगाउन र असल समाज निर्माण गर्नकै लागी भएपनि महिला हिंसा विरुद्ध हामीले आवाज उठाउनैपर्छ।

यसमा तपाइको मत