लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले विमोचन गरे ` बुद्धको कर्मवाद र चौथो स ´


सामाजिक तथा सम्प्रदा संरक्षणका अभियन्ता मनिराज डंगोल बुद्धको कर्मवादलाई सामाजिक जीवनमा स्थापित गर्न क्रीयाशिल छ्न । उनले प्रकाशन र सम्पादन गरेको बुद्धको कर्मवाद तथा चौथो स तेस्रो संस्करण प्रकाशन आइसकेको छ । कर्मवाद तथा चौथो स को तेस्रो संस्करण आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले टोखा नगरपालिकास्थित गोसाइँकुण्ड खानेपानीको कार्यलयमा एक समारोहका बीच विमोचन गरे । विमोचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री महराले बुद्धको कर्मवादलाइ आजको सन्दर्भमा जोडदै लैजानुपर्ने आवस्यकता औल्याए ।    शिक्षालाई व्यवहारमा लागू गर्ने कुरा धेरै महत्त्वपूर्ण हुने समेत मुख्यमन्त्री महराले बताए ।उनले लुम्बिनी बौद्ध बिश्वविद्यालयमा बौद्ध दर्शन अध्ययन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आकर्षण गर्नका निम्ति पहल गर्न आफू लागी परेको समेत बताए ।
कार्यक्रममा बोल्दै टोखा ६ कि वडा अध्यक्ष शान्ता पौडेलले कर्मलाइ मुल मर्म बनाउँदै अगाडि बढ्नु बुद्धको कर्मवाद भएको र कर्मवादलाई ब्यवहारमा लागु गर्ने कुरामा मनिराज सफल रहेको बताइन । कार्यक्रममा अध्यक्षता ग्रहण गरेका मनिराज डंगोलले प्रत्येक मान्छेले आफ्नो ठाउँमा कर्म गरे देश आफै बन्ने कुरामा जोड दिए । उनले भने – `हामी कर्म होइन गफमा बढी लिप्त छौँ । हामीले आफ्नो ठाउँबाट आजै कर्मले ध्यान दिन जरुरी छ । समृद्ध देश हामीले नै बनाउन सक्छौ ।समृद्ध देश बनाउन धेरै समय पनि लाग्दैन ´
सत्य र विकासलाई समष्टिमा बुझ्न् सक्ने गरी २१ औं शताब्दीका जनता हामी सक्षम हुन जरुरी छ भन्ने मुल नारा बनाएर प्रकाशित यस पुस्तकमा विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरूको लेख समावेश गरिएको छ । यस पुस्तकले २५ सय बर्ष अगाडिको गौतम बुद्धको दर्शन र आजको नेपाली सन्दर्भमा जोडेर बहस सिर्जना गर्न खोजेको देखिन्छ । यो मनिराज डंगोलको १७ औं कृति हो ।

यसमा तपाइको मत