मनोहर तीर्थ

- रत्न प्रसाद अनामणि श्रेष्ठ ,नाला बनेपा -४ ,काभ्रे


बुढानिलकण्ठबाट बगेर आएको पबित्र बिष्णुमति र साङलाबाट बगेर आएको साङ्ला खोलाको दोभान नै मनोहर तिर्थ हो । बिष्णुमति नदीलाई केशावति साङला खोलालाई विमलावती पनि भनिन्छ । पहिलेका मानिसहरु टोखा जानू पर्यो भने यहि बाटो भएर जान्छन त्यसकारण यसलाई टोखा दोभान पनि भन्ने गरिन्छ ।

काठमाडौं वरिपरि रहेका तिर्थहरुमध्य टाढाको तिर्थ हो यो ।हरेक बर्ष वडा दशैमा नवरात्री भरी हरेक दिन बिहान काठमाडौंबासीहरु एउटा एउटा तिर्थ दर्शन जाने गर्दछन । यसरी दर्शन गर्ने क्रममा नवरात्रीको छठौ दिनको बिहान बाजा गाजा सहित बिहान सबेरै यहाँ आई यहाँ नुहाएर मनमैजु दर्शन गरि आ आफ्नो घर फर्कने चालन छ ।

काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने पहिलो तीर्थ हो । यस तीर्थमा नुहाउनाले मनमा उत्पन्न हुने राग, द्वेष, मोह जस्ता खराब भावनाबाट मुक्ति मिल्दछ भन्ने विश्वास गरिन्छ ।स्वयम्भू पुराण नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार यो तीर्थमा हरियो वर्णको कुलिक नागराजको बास रहेको छ भन्ने गरिन्छ ।

हिमबत्खण्ड ग्रन्थ अनुसार यहाँ इन्द्र आई स्नान गर्ने कुरा उल्लेख छ । वज्रयानी बौद्धहरु यो तीर्थमा आउँदा यहाँ आर्य लंकावतार सूत्र नामक ग्रन्थको स्तोत्र पाठ गर्ने परम्परा रहेकोले बौद्ध धर्मावलम्बीहरुको पनि पबित्र स्थान रहेको मान्न सकिन्छ ।

गोंगबुमा मानिसको बाक्लो बस्ती नभएको समयमा नदि पनि फराकिलो र सफा पानी बग्दथ्यो । सबै जना नुहाउने , लुगा धुने ,तरकारी पखाल्ने गरिन्थ्यो । हिजोआज मानिसको घनाबस्तिको कारण्ले नदिको अतिक्रमण , ढलमिसाउने गर्दा फोहोर र दुषित पानी बग्ने र गन्ध आउँछ । यी दुवै पबित्र नदीहरु अहिले भने अस्तित्वको संकटमा रहेको देखिन्छ ।

मनोहर तिर्थ दोभानमा अहिले  एउटा सत्तल छ । यस सत्तललाई स्थानिय धर्मात्मा कलकत्तेले बि.सं२००८ सालमा बनाउन लगाएको भन्ने गरिन्छ । यहाँ प्रस्तरको चैत्य स साना भगवती , राधा कृष्ण , हनुमान , भिमशेन,नारायण ,काली ,महादेव , रामसिता लक्ष्मण र विभिन्न ऋषिहरुका मुर्ती रहेका छन ।यहाँ कृया पुत्री घर पनि रहेको छ भन्ने मान्छे मर्दा लास जलाउने दुई वटा घाट पनि बनाएको छ ।

टोखा नगरको कला, संस्कृति र पर्यावरणमा प्रत्यक्ष सम्बन्ध भएको यस क्षेत्रलाई टोखा नगरले विशेष ध्यान दिनु पर्द्छ ।

 

 

 

 

Oplus_0

यसमा तपाइको मत