
गजल –
पटक्कै सकिन उस्लाई बिर्सिएर बस्न
मानेन नि यो मनले अलग्गिएर बस्न
के गर्नु अनुमति दिएन यो समाजले ,
मेरो शरीर तिमीलाई सुम्पिएर बस्न
बर्षौदेखि कसिएको हाम्रो यो दुरी ,
चाहेन मायाको घरले भत्किएर बस्न
उस्को याद आयो झन मानेन मनले ,
छिनछिनमा उसैलाई सम्झिएर बस्न
जरुरत देखिन मैले बाँच्न कत्ति पनि ,
हरदम आखाँमा आशुँ लिएर बस्न ।
शर्मिला पुन मगर
रोल्पा



