
एतिहासिक प्राचीन नगरी नालामा धिमे प्रशिक्षण भब्यताका साथ सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा स्थानिय संस्कृति प्रेमी १५ जना भाइ बहिनीहरुले निकै रुचिपुर्वक भाग लिएका थिए । कार्यक्रमको प्रशिक्षकमा भक्तपुरबाट चार जना र नालाका कला तथा संस्कृति प्रेमी अशोक श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो

प्रशिक्षण समापन कार्यक्रम नाला शहरमा बाजागाजाका साथ परिक्रमा गरि त्यहाँ रहेका विभिन्न देबि देवताहरुको दर्शन गरेका थिए । प्रशिक्षार्थीहरु नेवारी पोशाकमा रहि ,नेवारी परम्परा अनुसार देश बासीले खेँ सगं दिएका थिए ।यस कार्यक्रमको आयोजना उग्रचण्डी धिमे खल: ले आयोजना गरेका थिए ।उक्त खल:का सदस्यहरु पंचम सुन्दर श्रेष्ठ र लक्ष्मी नारायण श्रेष्ठको विशेष भुमिका रहनुका साथै यस अघिदेखि नै संस्कृति बचाउन विशेष रुचि राख्दै आउनु भएको छ ।

स्मरणीय रहोस नालामा धिमे बाजा हराई सकेका थिए । यस स्थानमा सानो धा र भुछ्या बजाउँदै आएकोमा केही बर्षदेखी धिमे प्रती निकै उत्साहजनक सहभागी हुँदै आई रहेको छ । भक्तपुरको पाँच तल्ले मन्दिर बनाउँदा ताका यहाँ २५ जना पन्च ताल बजाउने टोलीले सहभागीता जनाएका थिए ।तत्कालीन राजा भुपतिन्द्र मल्लले उक्त समुहलाई पुरस्कृत गरेका थिए ।आशा छ उक्त बाजा पनि प्रशिक्षण संचालन गर्नु आजको आवश्यकता हो । यस तर्फ स्थानीयहरु जागरुक हुनु पर्दछ ।

हाल घर घर उत्साह देखाई शगुन दिन आएको खबर छ ।यसले निकै राम्रो लक्षण देखाएको कुरा स्थानीय संस्कृति कर्मीहरु र हाम्रा खोज सम्बादाता उकेश श्रेष्ठ नालामी पासाले जनाएका छ्न ।




