एक कप चिया बराबरको रकम जम्मा गरेर असहाय नेपालीका लागि नेत्र सेवा प्रदान गर्दै आएको अभियानको पन्ध्रौँ वार्षिकोत्सव सम्पन्न



युवा नेत्र सेवाद्वारा सञ्चालित एक कप चिया बराबरको रकम जम्मा गरेर असहाय नेपालीका लागि नेत्र सेवा प्रदान गर्ने अभियानको पन्ध्रौँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
शनिबार सिद्धार्थ रञ्जितको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि ख्यालि जुजु वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रम विशिष्ट अतिथि युवा नेत्र सेवाका आजीवन सदस्य सुरेन्द्र ढकाल प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. सुरेन्द्र प्रसाद ढकाल हुनुहुन्थ्यो ।
अभियानले एक कप चिया दिवस गुम्न लागेको दृष्टिलाई उपचार गरी दृष्टि प्रदान गर्ने अभियान दिवस हो । यस अभियान विगत १४ वर्षदेखि निरन्तर मनाउदै आइरहेको छ । सेवाले १४ वर्षमा अभियानबाट १ वर्षे साधारण सदस्य संख्या २५० र आजीवन सदस्य संख्या १८४ गरी कुल सदस्य संख्या ४ सय ३४ जना पुर्‍याउन सफल भएको छ ।
विगत १४ वर्षदेखि यस अभियानलाई सफल बनाउनका लागि विभिन्न आँखा सम्बन्धी कार्यक्रमहरु जस्तै आँखा स्वास्थ्य शिक्षा, एक दिवसीय निःशुल्क आँखा शिविर, विद्यालय नेत्र परीक्षण, नियमित निःशुल्क क्लिनिकहरु आयोजना गर्दै आइरहेको छ । साथै विभिन्न गाउँगाउँमा सेवा प्रदान गर्ने क्रममा थप सहयोग आवश्यकता पर्ने वर्गहरुलाई पहिचान गरेर छनौट गरी निःशुल्क मोतीबिन्दु तथा मासु पलाएको शल्यक्रिया सेवा प्रदान गर्दै आइरहेको छ । यसै आर्थिक वर्षमा पनि सेवाले १४ वटा आँखा शिविरबाट ८ सय ४० जनालाई निःशुल्क आँखा परीक्षण, २ सय जना विद्यार्थीलाई विद्यालय नेत्र परीक्षण तथा ८४ जनालाई मोतिबिन्दु तथा मासु पलाउने शल्यक्रिया सेवा प्रदान गरेको छ ।
यस एक कप चिया अभियानमार्फत् १४ वर्षमा ४ सय ३४ जना सदस्य बनाएको छ । भावी समयमा १ वर्षभित्र १ सय जनाभन्दा वढीलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गर्ने र आजीवन सदस्य संख्या २०० पुर्‍याउने लक्ष्य राखेको छ ।


१५ औं एक कप चिया दिवस कार्यक्रमका प्रायोजकहरु सुकीर्ति अप्टिकल आई केयर सेन्टर, नमस्ते आई सेन्टर प्रा. लि., धर्मस्थली बचत तथा ऋण सहकारी, ओमकारेश नकर्मी तथा हिरा देवी महर्जनलाई आर्थिक तथा अन्य सहयोग प्रदान गरेर कार्यक्रमलाई सफल बनाइदिनुभएकोमा हार्दिक कृतज्ञता व्यक्त गरिएको छ।

यसमा तपाइको मत