गुप्त रुपमा रहेको शुशिला भैरव

- रत्न प्रसाद अनामणि श्रेष्ठ ,नाला बनेपा -४ ,काभ्रे


 

भक्तपुर जिल्ला अन्तर्गत सूर्यविनायक  नगर पालिकाको कटन्जेमा शुशीला भैरब रहेको छ। यस भैरबको मन्दिर प्यागोडा शैलीको तीन तल्ला कलात्मक रहेको छ। यो मन्दिर मल्लकालीन रहेको कुरा मन्दिरको साजसज्जाबाट स्पष्ट हुन्छ। यस मन्दिर भित्र करीब तीन फुटको कुण्ड रहेको छ। यसै कुण्ड‌मा शुशिला भैरव बिराजमान रहेको छ । कुण्डको दुई तीर दुई सुन्दर मूर्तीहरु गणका रूपमा रहेकोछन। यी दुई मूर्तिहरूलाई स्थानीयहरूले “भूचा” र “भुची’को रूपमा चिनिन्छन् । यिनीहरूलाई रक्षक‌को रूपमा राखेको जन‌‌िवश्वास रहेको छ । मन्दिरको वरीपरि सरस्वती, गणेश, कुमार, शिव आदि विभिन्न देवीदेवताका मूर्तिहरु रहेका छन्। यस शुशिला भैरबलाई शुशीलख भैल द्यो पनि भनिएकोले यसैबाट अपभ्रंस हुँदै शुशीला भैरव भएको हुनु पर्दछ ।

शक्तिशाली र कलात्मक भएतापनि यो भैरवबारे कमैलाई जानकारी भएको हुनाले कतै गोप्यरूपमा रहेको भैरब हो की ? भन्ने शंका उब्जीन सक्छ। यस भैरवको पूजा आजा विभिन्न चाडपर्वमा गरिने अनुष्ठानहरु नेवार समुदायको कक्षपति जातीले गरिंदै आई राखेको छ। यो भैरबको हरेक बर्षको बैशाख २ गते यहाँका स्थानीयहरूको उत्साहपूर्ण सहभागीतामा एउटा खटमा भैरबको प्रतिमा राखेर बडो धुमधामका साथ जात्रा गरिन्छ।
जात्रामा खटमा राख्ने भैरव जात्रा अवधी
ल्याइने गर्द्छ र जात्रापछि स्थानिय भैरव गुठीयारको घरमा राख्ने परम्परा रहेकोछ / स्मरणीय कुरा यो छ की यही समयमा भक्तपुरको मुख्य शहरमा पनि बिस्का जात्रा मनाईन्छ ।

यसै भैरब मन्दिरबारे एउटा जन‌विश्वास यो छ की यदि यस क्षेत्रमा बर्षा भएन भने वरपर ठिमी, गाम्चा, सूर्य-बिनायक आदि स्थानका किसान‌हरु विशेष पूजा सहित लिएर बलि सहित पुजा गरि मन्दिरमा रहेको कुण्डमा अन्यन्त्रबाट  पानी अथवा जल ल्याई भर्ने गरिन्छ ।यदि पानी जति पनि खन्याउँदा भरिएन भने वर्षा नहुने र यदि भरि हुन्छ भने वर्षा हुने गर्दछ । कृषि कर्मको लागि वर्षा नभइ नहुने र यस भैरबले वर्षा गर्ने भएको कारणले किसानहरु यस भैरब प्रति निकै आस्था राख्ने गरेको पाइन्छ

मन्दिरमा पूजा गर्न र भोज खानका लागि मन्दिर परिसरमा सुन्दर र कलात्मक काठमा कुँदिएको सत्तल पनि रहेको छ। यसै भैरबको परिसरमै सानो पोखरी र खुल्ला मैदान पनि रहेको छ । हाल बिस्तारै विभिन्न विकाशे योजनाहरूले दिन प्रतिदिन खुम्चींदै गईरहेका छन्।

यस मन्दिर तथा भैरबबारे एक रोचक किम्बदन्ती रहेकोछ । कुनै समय यस क्षेत्र घना जंगलले ढाकेको थियो रे। त्यो घना जंगलको बीचमा बदेमानको एक रूख थियो। जुन रुखलाई काठमाडौं, भत्तपुर, ललितपुर‌बाट पनि देख्न सकिन्थ्यो । एक दिनको कुरा हो यसै जंगलबाट आफ्नो स्थानतिर अथवा घरतिर एक गरीब मानिस फर्किरहेको बेलामा निकै थकान लागेको भए‌कोले त्यो बडेमाको रुखमुनी आराम गर्न बस्यो र त्यहाँ बस्दा बस्दा थकान शिथील भएकोले आनान्द लागेर त्यही रुखको मुनी निदाउन पुगेछ । निद्वामा गरीबलाई सपना देखेछन्। सपनीमा उनलाई भगवान भैरबले दर्शन दिएछन र आफू यही रूखको नजिकैको झारी भित्रको सानो कुण्डमा रहेको जानकारी दिएछन । “जस्‌ले मलाई यो झाडी पछ्‌याएर, कुण्ड सफा गरी जलले भरी दिन्छ मलै वर्षा गराउनेछ भन्ने आकाशबाणी भएछन्। यो कुरा त्यहाँ किसानहर लाई गरीब यात्रीले यो घटना भने पछि सम्पूर्ण किसानहरु मिली आकाशवाणी भएका कुरा बमोजिम सफा. गरी जल भरिदिएपछि घनघोर वर्षा भएछ । वर्षीको कारणले दुःख पाएका किसानहरूमा ज्यादै खुशी छाएछ। यो घटना यहि नै उक्त शुशिला भैरवलाई आजको दिनसम्म पूजा आजा गरी भव्यरूपमा मान्दै आएको छ।

त्यहाँका किसान‌लाई मान पानी अथवा वर्षा गरेको हुनाले अत्यत्र यो भैरवबारे खासै थाहा नभएको हुन सक्छ ।

यसमा तपाइको मत