
मनिराज डंगोल सामाजिक अभियन्ता रूपमा परिचित छन् । धेरैले उनलाई कर्मवादी अभियन्ताको रूपमा चिन्छ्न । काठमाडौंका स्थानीय डंगोल कर्मवादी युवाहरू हेपिएकोमा दु:ख व्यक्त गर्छन् । हरेक आन्दोलनमा युवाहरू सहभागी हुने तर युवाहरूको भावनालाई राजनीतिले सम्बोधन गर्न नसक्ने स्थिति विगतदेखि नै बनिरहेको धारणा राख्छन् । उनी यस सन्दर्भलाई नेपाली राजनीतिको `दु:ख´ भन्छन् ।
टोखामा मनिराजले सम्पदा पार्क बनाएका छन् । सम्पदा पार्कमा अर्थपूर्ण रहेको छ ।

सगरमाथालाई जनाउने तस्वीरदेखि कृषि परम्परालाई जनाउने चिजहरू सम्पदा पार्कमा उभिएको छ । टोखाको पुरानो उखु खेती , आर्गनिक चिया , बस्ने काँठको मेच आदिलाई जोडेर मनिराजले पार्कलाई व्यवस्थित बनाएका छन् । उनी यसलाई `कर्मवादी पार्क´ भन्न रुचाउँछन् । पार्कमा घुमेपछी केही न केही श्रम पनि गर्नुपर्छ भन्ने धारण राख्छन उनी । मनिराज हरेक मानिस कर्मकै कारण अरू भन्दा भिन्न हुन्छन् भन्ने सोच राख्छन् ।
उनले पार्कमा दक्ष प्रजापतिको पनि सालिक पनि बनाएका छन् । स्कन्द पुराणमा दक्ष प्रजापतिको रोचक कथा छ । उनी यो कथालाई वर्तमान सन्दर्भमा पनि जोडन चाहन्छन ।
उहिले उहिलेको कुरा हो । दक्ष प्रजापतिले एउटा विशाल यज्ञको आयोजना गरेका थिए ।

उनले उक्त यज्ञमा आफ्नो ज्वाईं भगवान शिव र आफ्नी पुत्री सतीलाई निमन्त्रणा गरेनन् । सतीलाइ यो कुराले धेरै नै चिन्तित बनायो । शिवले सतीलाई सम्झाए । तरपनि सती त्यस यज्ञ नबोलाईकन पनि नैं गइन् । सती पुगेपछि दक्ष प्रजापतिले सती र शिवजीको घोर निन्दा गरे । अपमान सहन नसकी सतीले तत्काल यज्ञस्थलको अग्निमा हाम फालेर प्राण त्याग गरिन । सतीको मृत्युको समाचार थाहा पाएपछि भगवान शिवले वीरभद्रको रूप लिइ त्यस यज्ञको विध्वंश गराई दिए। वीरभद्रले दक्ष प्रजापतिको शिर छेदन गरिदिए । त्यसको शिरका बदलामा बोकाको शीर प्रदान गरियो । अन्ततः दक्ष प्रजापतिको घमण्ड स्वाहा भयो ।

मनिराज इमानदार कर्मवादी हुन । पुराणमा वर्णन गरिएको कथालाई उनी नेपाली राजनीति र समाजलाई वुझाउन चाहन्छन । कर्मले मानिसको जीवनको कथा बनाउनेमा उनको जोड रहेको छ । उनी मानिसले घमण्ड होइन कर्म गर्नुपर्छ भन्ने कुरालाई जोड दिन्छन् । यहि बुझाउन पनि उनले सालिक बनाएका हुन ।



