मानन्धर परिवारको वंशावली

- पुर्णनारायण मानन्धर


मेरो नाम पूर्णनारायण मानन्धर हो । मेरो जन्म २०११ माघ दस गते गोंगबुमा भएको हो । मेरो बुबाको नाम आशाबहादुर मानन्धर आमाको नाम प्राणमाया मानन्धर हो । मेरो श्रीमतीको नाम सानुनानी मानन्धर हो ।
मेरो बुबा भक्तपुर गोल्मढिबाट गोंगबुमा कपडा बुन्ने प्रशिक्षकको रूपमा करिब २००० सालतिर आउनु भएको हो । मेरो बुबाको दुई परिवारमध्ये म जेठी पट्टीको जेठो छोरो हुं । मेरो दुई भाइहरू शंखनारायण मानन्धर र गोपाल मानन्धर हुन् । मेरो कान्छी आमाको नाम विष्णुमाया मानन्धर हुन् । उनको तर्फबाट भाइहरू टिकानारायण मानन्धर र नवराज मानन्धर र बैनी भवानी मानन्धर जन्मिए । मेरा दुई छोरा पुष्करदीप मानन्धर र शेखर मानन्धर हुन् छोरी पुष्पा मानन्धर हुन् । जेष्ठ सन्तान पुष्करदीपको श्रीमती मालती प्रधान हुन् भने कान्छो सन्तान शेखरको श्रीमती सुरिता मानन्धर हुन् । पुष्करदीपका दुई छोरी मेधा मानन्धर र पुण्यता मानन्धर हुन् । शेखरको छोरीहरू सुरूची मानन्धर र सृजा मानन्धर हुन् ।

मेरा माहिला भाई शंख नारायण मानन्धर हुन् , उनकी श्रीमतीको नाम लक्ष्मी श्रेष्ठ मानन्धर हो । उनको जेठा छोरा किशोर मानन्धर बुहारी मनिषा श्रेष्ठ मानन्धर हुन , अर्का छोरा सुमित मानन्धर र उनको पत्नी सविना श्रेष्ठ मानन्धर र भतिजी शोनिका मानन्धर हुन् ।
कान्छो भाई गोपाल( दश ) मानन्धर हो , उनको श्रीमती कृष्णदेवी मानन्धर ( स्व.) र उनका एक छोरा सुशील मानन्धर , उनको पत्नी शोभिता र छोरा सुशान्त मानन्धर हुन् । कान्छो भाइको छोरी सुशीला मानन्धर ( विवाहित ) छन् ।
दोस्रो आमा विष्णुमायाको छोरा टीका नारायण मानन्धर ( स्व.) हुन , उनको पत्नी माया ( लामा ) मानन्धर र छोरा त्ररत्न मानन्धर हुन् । छोरी विन्दिया ( मानन्धर ) बज्राचार्य हुन । अर्का छोरा नवराज मानन्धर र उनको पत्नी अनु श्रेष्ठ मानन्धर हुन् । यिनका छोराहरू नविन मानन्धर र नम्रत मानन्धर र छोरीहरू नविना मानन्धर ( विवाहित ) र नम्रता मानन्धर ( विवाहित ) हुन् ।

यसमा तपाइको मत