
मुक्तक १
अहँ! तिम्रो जत्तिको मेरो गति छैन
यो देशमा मेरो पीडाको ओखती छैन
म तिमीले झैँ रमाएर जिन्दगी काट्न
मेरा बाको तिम्रो जत्तिको सम्पत्ति छैन
मुक्तक २
ऋणमाथि ऋण बढाउन सहरमा किन पठायौ?
ए बा, व्यर्थै मलाई पढाउन सहरमा किन पठायौ?
तिम्रो छोरा पढेर नि नोकरी गर्ने भाको छ
यसरी अरूको चाकरीमा चढाउन सहरमा किन पठायौ?
मुक्तक ३
एक तस्बिर पनि सम्झनका लागि काफी छ
इज्जत ढाक्ने वस्त्र बदनका लागि काफी छ
के कमाइस् जिन्दगीमा कसैले सोधे भने
कलम चल्ने यी मित्र चयनका लागि काफी छ
मुक्तक ४
खै स्वदेशमा म टिकेर बस्नु कसरी?
ऋणको जालबाट उम्कनु कसरी?
साग र सिस्नो खाइ बसौला भन्ने म
लाग्ने भए अब परदेश भनु कसरी?
#पाखे लेखक



