तीज गीतमा चम्किँदै दिदीबहिनीहरू, तारकेश्वरमा भव्य छायांकन


काठमाडौं । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज गीतहरूको छायांकनले सांगीतिक माहोल तातेको छ । यही क्रममा तारकेश्वर नगरपालिका–८ मा अवस्थित सहदेव ड्राइभिङ सेन्टरमा बिडारी परिवारका दिदीबहिनीहरूको उपस्थितिले विशेष चहलपहल देखियो।
राता साडीमा सजिएका दिदीबहिनीहरूको लर्को देख्दा स्थानीय बासिन्दा समेत दङ्ग परे। वातावरण नै तीजमय बनेको उक्त स्थानमा वास्तवमा एक भव्य तीज गीतको छायांकन भइरहेको थियो ।
प्रतिभाशाली खैजडी भजनकी गायिका उमा बिडारीको शब्द तथा लयमा तयार पारिएको उक्त गीतमा स्वयं उमा बिडारीकै सुमधुर स्वर सुन्न पाइनेछ।


यस गीत सहगायनमा उनलाई साथ आफ्नै दिदीबहिनी गोमा बिडारी र रमा बिडारीले साथ दिएका छन् ।
गीतमा अभिनय भने बिडारी परिवारकै नयाँ पुस्ताका छोरीहरूले गरेका छन्। आमाहरूले यस गाएको गीतमा छोरीहरूले अभिनय गरेका छन ।

यस तीज गीत छिट्टै उमा बिडारीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक हुने तयारीमा रहेको छ। यसअघि पनि उमा बिडारीको तीज गीत ‘झझल्को’ सुख शान्ति मिडियामार्फत सार्वजनिक भइसकेको थियो, जसले दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ ।

यसमा तपाइको मत