नाट्टाको नेतृत्वमा जिस्वा तुलाधर श्रेष्ठको समावेशी टिम बलियो बन्दै


काठमाडौं — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को आगामी कार्यकालका लागि निर्वाचनको तयारी तीव्र भइरहेका बेला जिस्वा तुलाधर श्रेष्ठ नेतृत्वको टिमले आफ्नो सक्रियता बढाइरहेको छ ।
पर्यटन तथा ट्राभल व्यवसायमा लामो समयदेखि सक्रिय श्रेष्ठले नाट्टालाई थप सशक्त, समावेशी र व्यवसायीमुखी संस्थाका रूपमा अघि बढाउने एजेन्डासहित नेतृत्वका लागि दाबी प्रस्तुत गरेकी छन्।
श्रेष्ठ नेतृत्वको समूहले ट्राभल व्यवसायीका व्यावहारिक समस्या, स्वस्थ प्रतिस्पर्धा, सरकारी निकायसँग प्रभावकारी समन्वय, नयाँ तथा साना व्यवसायीका अवसर र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ।
विभिन्न क्षेत्र र पुस्ताका व्यवसायीलाई समेट्दै अघि बढिरहेको श्रेष्ठको समावेशी टिमप्रति व्यवसायीको समर्थन बढ्दै गएको दाबी गरिएको छ।


अनुभवी नेतृत्वसँगै नयाँ सोच र ऊर्जालाई समेट्ने प्रयासले उनको समूहलाई निर्वाचनमा बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।
नाट्टाको यो निर्वाचनलाई नेतृत्व चयनसँगै आगामी दिशा तय गर्ने अवसरका रूपमा हेरिएको छ।

यसमा तपाइको मत