शिव कैलाश कला मन्दिरको आयोजनामा छैटौँ एकल नृत्य प्रतियोगिता सुरु


काठमाडौं — शिव कैलाश कला मन्दिरले आयोजना गरेको उपत्यकाव्यापी छैटौँ एकल नृत्य प्रतियोगिता बुधबारदेखि धनेश्वरस्थित कला मन्दिरको सभाहलमा सुरु भएको छ।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाका ५० विद्यालयबाट अडिसनमार्फत छनोट भएका कक्षा १ देखि ९ सम्मका करिब ६ सय विद्यार्थी सहभागी छन्। प्रतियोगितामा फ्री स्टाइल, झ्याउरे, कौरा, मारुनी र तीजलगायतका विभिन्न विधामा एकल नृत्य प्रस्तुत गरिनेछ।


प्रत्येक विधामा उत्कृष्ट १० स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ प्रमुख अतिथि तथा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ केका पूर्व क्याबिनेट सचिव डा. तृजा ढकाललगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो।


शिव कैलाश कला मन्दिरका अध्यक्ष तथा नृत्य निर्देशक नारायण रिजालले नेपाली कला, संस्कृति र नृत्यको संरक्षणसँगै नयाँ पुस्ताका प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

यसमा तपाइको मत