‘कंगाल करोडपति’मा रक्षा र मञ्जिलकुमार अनुबन्धित भएपछि बलियो बन्दै कलाकारको लाइनअप


काठमाडौं — निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भएका छन्। सिनेमा पाठशाला प्रालिको ब्यानरमा यो चलचित्र निर्माण हुने निर्माण पक्षले जानकारी दिएको छ ।
यसअघि नै चलचित्रमा मुकुन भुसाल, रेयर राई र सलिना तामाङ जोडिइसकेका छन्। सलिनाले यही चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछिन्।
चलचित्र ‘बाटो’ र `बेहुली फ्रम मेघौली´बाट दर्शकमाझ परिचित बनेकी रक्षा थापा तथा चलचित्र ‘कोसेढुङ्गा’बाट सम्भावनायुक्त अभिनेताका रूपमा चिनिएका मञ्जिलकुमारको प्रवेशले चलचित्रप्रति दर्शकको चासो अझ बढ्ने निर्माण पक्षको विश्वास छ।


रामकृष्ण बजगाँईको कथामा बन्ने चलचित्रको पटकथा चानस पुन मगरले तयार पारेका हुन्। प्रविन आचार्य प्रस्तुतकर्ता तथा अनिलकुमार बुढाथोकी निर्माता रहेको फिल्ममा छिरिङ तामाङ, प्रविन राई र प्रवेश सापकोटा सहनिर्माताका रूपमा छन्।
चलचित्रको छायांकन छिट्टै सुरु गर्ने तयारीमा निर्माण टोली जुटेको छ।नयाँ पुस्तामा परिचय बनाउँदै गरेका कलाकार र अनुभवी कलाकारको संयोजनले ‘कंगाल करोडपति’प्रति चासो बढेको छ ।

यसमा तपाइको मत