२३ जातिको स्वायत्त क्षेत्र घोषणा गर्ने तयारी


काठमाडौं – सरsingha_durbar1कारले सीमान्तकृत २३ जातिको पहिचान झल्किने गरी स्वायत्त क्षेत्र गठन प्रक्रिया थालेको छ । ती जातिका भाषिक, धार्मिक, सांस्कृतिक पहिचान झल्कने गरी स्वायत्त क्षेत्रहरु तोक्ने र ती क्षेत्रका गाउँपालिका र नगरपालिकालाई सोही अनुसार नामाकरण गर्ने तयारी छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारेको मस्यौदाको ५ नम्बर बुँदामा जिल्लाका कुनै भाग वा क्षेत्रमा एकै जाति– समुदाय, भाषा, संस्कृतिको बाहुल्यता भए स्वायत्त नगरपालिका वा गाउँपालिका घोषणा गरिने उल्लेख छ । तर, जातीय जनसंख्या धेरै भएका थारु, मगर, तामाङ, गुरुङ, शेर्पा, राई, लिम्बूलगायतलाई भने यो व्यवस्था छैन ।

आइतबार मन्त्रालयका अधिकारीले उपप्रधानमन्त्री कमल थापालाई ब्रिफ गरेको यो गोप्य मस्यौदामा भनिएको छ ,‘अघिल्लो संविधानसभाको राज्य पुनर्संरचना आयोगको सिफारिसलाई आधार मानेर विपन्न आदिवासी, जनजाति समुदाय–कोचिला, झागड–उँराव, धिमाल, लोप्चा, चेपाङ, थामी, कुमाल, बरामलगायतलाई समेटी विशेष क्षेत्र, स्वायत्त र संरक्षित घोषणा गरिनेछ ।’ आजको कारोबार दैनिकमा खबर छ

यसमा तपाइको मत