काङ्ग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले इच्छा नहुँदा नहुँदैपनि आफु धर्मनिरपेक्षतामा गएको बताए ।
उनले भने,‘ संसदमा हाम्रो पार्टीको दुइ तिहाई
![g]sf s]Gb|Lo ;ldltsf] a}7s g]kfnL sfFu|];sf] kf6L{ sfof{no ;fg]kfdf a;]sf] s]Gb|Lo ;ldltsf] a}7sdf g]sf ;efklt ;'zLn sf]O/fnf, jl/i7 g]tf z]/axfb'/ b]pjf / pk;efklt /fdrGb| kf}8]n . tl:a/M /f]zg ;fksf]6f,/f;;](http://www.khojonline.com/wp-content/uploads/2015/12/ram-chandra-sushil-deuba-congress-meeting.jpg)
बहुमत भएन । यही भएर धर्मनिरपेक्ष घोषणा गर्न बाध्य भएँ ।’
८० प्रतिशत जनताको हिन्दुधर्म कायम राख्नुपर्ने चाहाना भएकाले कांग्रेसको बहुमत भएमा हिन्दु राष्ट्र घोषणा गर्न सकिने बताए । पार्टीको१३ औं महाधिवेशनमा सभापतिका दावेदार देउवाको यो भनाई अर्थपूर्ण मानिएको छ ।यस अघि कांग्रेसका केही नेताले हिन्दु राष्ट्रको पक्षमा लविङ गर्दै आएका थिए ।
त्यसैगरी उनले आफु सभापति भए पार्टी बहुमत प्राप्त र बलियोे हुने बताएका छन् । देउवाले आफु सभापति भए सदाका लागि पार्टी भित्रको गुटबन्दीको अन्त्य हुने दाबी गरे । गिरिजाबाबु र आफुले दुई कांग्रेसलाई एक गराएको भन्दै देउवाले पार्टीलाई एक गराउने दायित्व र कर्तव्य आफनो भएको बताए । त्यसैगरी उनले धनी र गरिबवीचको खालड पनि पुरिदिने बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले मधेसी मोर्चाले राखेका सबै माग पुरा भइसकेको भन्दै अझै पनि सहमतिका लागि सिमाङ्कनका विषयमा लचिलो हुन तयार रहेको बताए । उनले कमैयाँ मुक्तिको नेतृत्व गरेको आफूलाई थारु बिरोधी भनेर गलत प्रचार गरेको बताए ।



