काठमाडौँ : स
डकमा हिँड्दा ट्राफिक जाम छ। भण्डारमा तेल छ तर पेट्रोल पम्पमा तेल पाइँदैन। ग्यास लिन ६ देखि ८ हजार रुपैयाँ तिर्नुपर्छ। यो सरकारलाई लाज लाग्छ कि लाग्दैन? सोमबारको संसद बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद नविन्द्रराज जोशीले भने, ‘सरकारले कालोबजारीलाई संरक्षण गरेको छ। भूमिगत अर्थतन्त्र चलेको छ।’ सरकारले भूकम्पपीडितको घर बनाउन कुनै चिन्ता नगरेको भन्दै उनले भत्किएको घर निर्माण गर्न जनता आतुर रहेको तर सरकारले ऋण उपलब्ध गराउन समेत सहयोग नगरेको आरोप लगाए। ‘वैशाख १५ गते पछि दिने भन्ने समाचार पढेको छु’, उनले सोधे, ‘कुन चिजले आजै पैसा उपलब्ध गराउन रोकेको छ?’ वर्षामा घर निर्माण हुन नसक्ने भएकोले ऋण तत्काल उपलब्ध गराउन उनले माग गरे। काठमाडौँ महानगरपालिकामा ५ हजार घर भत्कने मध्ये एक हजारले १५ हजार रकम नपाएको उनले बताए। पुनर्निर्माण प्राधिकरणमा राजनीति गर्न खोजिएको प्रति आपत्ति जनाउँदै उनले भने, ‘भूकम्पको नाममा राजनीति गर्न पाइँदैन। साझा रुपमा अगाडि बढाउनुपर्नेमा नियुक्तिदेखि अरु विषयमा सल्लाह गर्न खोजिएको छैन। सरकारभन्दा निजी क्षेत्र र एनजिओलाइ काम दिएर पार्टी सशक्त बनाउन खोजिएको छ। आम सञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम अघिल्लो सरकारले आदरपूर्वक राखेकोमा हटाउन लागिएको भन्ने सुन्नमा आएको भन्दै उनले देशका लागि योगदान गरेको व्यक्तिको नामको हटाउन नपाइने बताए।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

